अमेरिकी बम आक्रमणमा मारिएका इरानी छात्राका परिवारलाई चीनले दियो २ लाख डलर « Khabarhub

अमेरिकी बम आक्रमणमा मारिएका इरानी छात्राका परिवारलाई चीनले दियो २ लाख डलर


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले अमेरिकी टोमहक मिसाइल आक्रमणमा मारिएका इरानका १८५ बढी साना बालिकाका परिवारलाई २ लाख अमेरिकी डलर आर्थिक सहयोग दिने घोषणा गरेको छ।

यो रकम अमेरिकी मिसाइल आक्रमणमा मारिएका दक्षिणी इरानका १८५ बढी कलिला नानीहरूका परिवारलाई सहयोस्वरुप हस्तान्तरण गरिने भएको छ।

चीनको विदेश मन्त्रालयका अनुसार उक्त सहायता रेडक्रस सोसाइटीमार्फत पठाइनेछ। यो रकम इरानको राहत संस्था इरानी रेड क्रिसेन्ट सोसाइटीलाई उपलब्ध गराइनेछ, जसबाट ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सहयोग प्रदान गरिनेछ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले आम नागरिकमाथि हुने आक्रमणको चीनले निन्दा गर्ने बताएका छन्। उनले युद्धका क्रममा नागरिकलाई निशाना बनाउनु गलत भएको पनि बताए ।

जयशंकरले चौथोपटक इरानी विदेशमन्त्रीसँग कुरा गरे

यसैबीच भारतका विदेशमन्त्री एस. जयशंकरले इरान–अमेरिका तनाव सुरु भएयता इरानका विदेशमन्त्री अब्बास अराघचीसँग चौथोपटक टेलिफोनमा कुराकानी गरेका छन्। दुवै नेताबीच मध्यपूर्वमा बढ्दो तनावबारे छलफल भएको बताइएको छ।

अराघचीले अमेरिका र इजरायलका कदमका कारण क्षेत्रमा तनाव बढेको बताएका छन्। उनले इरानको सरकार, जनता र सेना आक्रमणविरुद्ध आफ्नो रक्षा गर्न तयार रहेको पनि बताएका छन्।

उनले अन्तर्राष्ट्रिय संस्थाहरूले इरानमाथि भएका आक्रमणको निन्दा गर्नुपर्ने बताए। साथै ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूले पनि शान्ति र स्थिरता कायम राख्न भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

उता जयशंकरले भारत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य बढाउन तयार रहेको बताएका छन्। उनले मध्यपूर्वमा शान्ति र सुरक्षा कायम राख्नु सबै देशको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ४ : ३३ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।