थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता « Khabarhub

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले थाइल्याण्डद्वारा एक वर्षअघि जबरजस्ती चीन फर्काइएका ४० जना उइग्युर समुदायका व्यक्तिहरुको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । सन् २०२५ फेब्रुअरी २७ मा चिनियाँ सरकारको कडा दबाबका बीच यी व्यक्तिहरूलाई देशनिकाला गरिएको थियो । जसलाई राष्ट्र संघका विज्ञहरूले ‘ट्रान्सनेशनल रिप्रेसन’ अर्थात् सीमापार दमनको एक हिस्साको रूपमा व्याख्या गरेका छन् ।

यी ४० जना पुरुषहरूलाई देशनिकाला गर्नुअघि बैंककको सुआन फलु अध्यागमन हिरासत केन्द्रमा एक दशकभन्दा बढी समयसम्म बाहिरी संसारसँग कुनै सम्पर्क नहुने गरी राखिएको प्रतिवेदनमा उल्लेख छ। अन्तर्राष्ट्रिय कानुनको ‘नन-रिफाउलमेन्ट’ (जसमा जोखिमपूर्ण ठाउँमा शरणार्थीलाई जबरजस्ती फिर्ता पठाउन निषेध गरिन्छ) सिद्धान्तको उल्लंघन गर्दै उनीहरूलाई चीन पठाइएको भन्दै विज्ञहरूले उनीहरूको जीवन रक्षा, यातना र बेपत्ता हुने सम्भावनाप्रति सचेत गराएका छन् ।

हालसम्म उनीहरूका परिवारले आफ्ना आफन्तहरू जीवितै छन् वा छैनन् भन्ने कुनै जानकारी पाउन सकेका छैनन् । विज्ञहरूले चीनले हिरासतमा रहेका व्यक्तिहरूलाई कानुनी सल्लाहकारसँग भेट्न नदिएको र उनीहरूका परिवारलाई कडा निगरानीमा राखेर त्रसित बनाएको आरोप समेत लगाएका छन्।

संयुक्त राष्ट्र संघले चीनलाई यी ४० जना उइगुरहरूको सुरक्षा सुनिश्चित गर्न र स्वतन्त्र अनुगमनकर्ताहरूलाई उनीहरूसम्म पहुँच दिन आग्रह गरेको छ। साथै, थाइल्याण्ड लगायत अन्य राष्ट्रहरूलाई पनि उइगुर शरणार्थीहरूलाई जबरजस्ती चीन नफर्काउन र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको पालना गर्न अपिल गरिएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ५ : ३० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग