आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित « Khabarhub

आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

मुम्बई – इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार राति सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रनको विशाल योगफल खडा गरेको थियो । आरसिबीका लागि फिल साल्ट, विराट कोहली र राजीव पार्टीदारले अर्धशतक बनाए ।

२४१ रनको कठिन लक्ष्य पछ्याएको घरेलु टोली मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो ।

विशाल लक्ष्य पछ्याउने क्रममा मुम्बईका ब्याटरहरूले आक्रामक सुरुआत गरे पनि अन्तिम ओभरहरूमा आवश्यक रन जोड्न नसक्दा टोली हार बेहोर्न बाध्य भयो । मुम्बईका लागि शेर्फेन रदरफोर्डबाट कसैले पनि अर्धशतक बनाउन सकेनन् । आरसीबीका बलरले कसिलो बलिङ गर्दै मुम्बईलाई लक्ष्यभन्दा १८ रन पछाडि नै रोकेका हुन् ।

यसअघि, पहिले ब्याटिङ गरेको आरसीबीका लागि ब्याटरले विष्फोटक प्रदर्शन गरेका थिए । मुम्बईका बलरलाई दबाबमा राख्दै आरसीबीले चालु सिजनकै उच्च स्कोरमध्येको एक खडा गर्‍यो ।

यो जितसँगै आरसीबीले तालिकामा महत्त्वपूर्ण २ अङ्क जोडेको छ भने मुम्बईले घरेलु मैदानमा हारको सामना गर्नुपरेको छ । यो जितसँगै आरसिबी ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बई समान चार खेल खेल्दा दुई अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : २३ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले