पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने « Khabarhub

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न बोतल र जारको लेबलिङ्ग तथा गुणस्तर नियमनमा नयाँ व्यवस्था लागू गरेको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै पिउने पानीको बोतल र जारमा प्रयोग गरिने लेबलिङ्ग र सिल सम्बन्धी नयाँ मापदण्ड तोकेको हो ।

नयाँ व्यवस्था अनुसार अब पिउने पानीको बोतलको बिर्को सिल गरिसकेपछि त्यसको माथि थप प्लास्टिकको ‘नेक-सील’ वा बाह्य प्लास्टिक लेयर प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

यसको सट्टामा उत्पादकको पहिचानका लागि बिर्कोमा नै एम्बुसिङ्ग, स्क्रिन प्रिन्ट वा लेजर प्रिन्ट अनिवार्य रूपमा राख्नुपर्नेछ । यो व्यवस्था पूर्ण रूपमा लागू गर्न उद्योगीहरूलाई सूचना जारी भएको मितिले ३५ (पैंतीस) दिनको समयावधि प्रदान गरिएको छ ।

पिउने पानीको जारको हकमा पनि सरकारले कडाइ गरेको छ। अब जारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्राप्त अनुज्ञापत्र नम्बर, उत्पादक कम्पनीको नाम, ठेगाना र सबै विवरण समेटिएको लोगो स्पष्ट देखिने गरी एम्बुसिङ्ग वा स्क्रिन लेबलिङ्ग गर्नुपर्नेछ ।

नयाँ उत्पादन हुने जारको हकमा यो व्यवस्था तत्काल लागू हुनेछ भने पुराना जारहरूको हकमा ६० दिनभित्र यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गरिसक्नुपर्ने सूचनामा उल्लेख छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वातावरण विभाग र नेपाल बोतलवाटर उद्योग महासंघ लगायतका सरोकारवाला निकायहरूको समन्वयमा यो निर्णय लिइएको हो । 

तोकिएको मापदण्ड कार्यान्वयन भए/नभएको विषयमा सम्बन्धित विभागहरूले संयुक्त रूपमा अनुगमन तथा नियमन गर्नेछन् । प्राविधिक पक्षसहितको विस्तृत मापदण्ड खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गर्ने र सोही आधारमा कार्यान्वयन हुने विभागले जनाएको छ ।
 

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ७ : ०३ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु