आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह « Khabarhub

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा नकारात्मक र भ्रामक सूचनाहरू फैलिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको समयमा सोही अनुसार मूल्य समायोजन हुने जनाउँदै निगमले हालको जटिल परिस्थितिलाई बुझिदिन उपभोक्ता वर्गलाई आग्रह गरेको छ ।

निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगमको वित्तीय अवस्था अत्यन्तै नाजुक बनेको जनाएको छ । निगमले जारी गरेको पछिल्लो प्रेस विज्ञप्ति अनुसार निगमलाई आगामी १५ दिनमा मात्रै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट मार्च ३१, २०२६ मा प्राप्त नयाँ मूल्य सूची अनुसार इन्धनको लागत मूल्य अत्यधिक बढेर आएको निगमले जनाएको छ । निगमका अनुसार हालको बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर ३२.३२ रुपैयाँ, डिजेलमा ८७.९९ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ७६६.२५ रुपैयाँ घाटा रहेको छ ।

घाटा चुलिए तापनि निगमले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन हरसम्भव प्रयास गरिरहेको दाबी गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ७ : १२ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको