प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) क्लबले मधेस प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ ।

आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा एपिएफले मधेस प्रदेशलाई ७४ रनले हराएको हो । एपिएफले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३९० रन जोडेको थियो । एपिएफका आसिफ शेखले १४२ बलमा उत्कृष्ट ब्याटिङ गर्दै दोहोरो शतकसहितको २०८ रन जोडेका थिए ।

शेखले आजको खेलमा १७ छक्का र १५ वटा चौका प्रहार गरेका थिए । त्यस्तै एपिएफका सन्दिप जोराले ४२ बलमा ५६ रन र रोहित पौडेलले ७३ बलमा ५५ रन जोडेका थिए । मधेस प्रदेशका रूपेश सिंहले तीन विकेट र रञ्जित कुमारले एक विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको मधेस प्रदेश ५० ओभरमा आठ विकेट गुमाउँदै ३१६ रनमा सीमित भएको थियो ।

मधेस प्रदेशका मोहम्मद आदिल आलमले ४३ बलमा ८७ रन जोडेका थिए । त्यस्तै मधेस प्रदेशका अरनिको यादवले ७३ बल खेल्दै ८६ रन जोडेका थिए । एपिएफ क्लबका अभिषेक गौतमले तीन विकेट र कमल ऐरीले दुई विकेट लिएका थिए । आजको खेलमा विस्फोटक ब्याटिङ गरेका आसिफ शेखले प्लेयर अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाएका छन् ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख नगद र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल वैशाख ४ गते हुँदैछ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ९ : ३९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल