आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य « Khabarhub

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई २१७ रनको चुनौती दिएको छ । हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा राजस्थानले टस जितेर पहिले बलिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २१६ रन बनायो । टोलीले पहिलो बलमै अभिषेक शर्माको विकेट गुमाएको थियो । त्यसपछि इशान किशनले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ९१ रनको शानदार इनिङ्स खेलेर टोलीलाई बलियो अवस्थामा पुर्‍याए। उनको इनिङ्समा ४ चौका र ६ छक्का समावेश थिए ।

यसैगरी हेनरिक क्लासेनले ४० रनको महत्वपूर्ण योगदान दिए। राजस्थानका बलरमध्ये जोफ्रा आर्चरले २ विकेट लिए। त्यस्तै सन्दीप शर्मा, तुषार देशपाण्डे र रियान पराग ले समान १–१ विकेट हात पारे।

यस सिजनमा हैदराबाद र राजस्थानबीचको यो पहिलो भेट हो । दुवै टोलीका लागि यो पाँचौँ खेल हो। राजस्थान रोयल्स अहिलेसम्म अपराजित रहँदै ४ खेलमा ४ जितसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। यता सनराइजर्स हैदराबादले ४ खेलमध्ये केवल १ जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ९ : ५५ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले