सी-ट्रम्प वार्ता: स्वागत भव्य, पेचिला एजेन्डा « Khabarhub

सी-ट्रम्प वार्ता: स्वागत भव्य, पेचिला एजेन्डा

सात वर्षपछि बेइजिङमा ट्रम्प: २०१७ को तुलनामा झन् बलियो चीन


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – एक दशकअघिको तुलनामा यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प झन् शक्तिशाली र आक्रामक चीनको सामना गर्ने गरी बेइजिङ ओर्लिँदै छन् । सन् २०१७ को पहिलो राजकीय भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले ट्रम्पलाई ‘फर्बिडन सिटी’ भित्रै रात्रिभोज दिएर भव्य स्वागत गरेका थिए, जुन सम्मान यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले पाएका थिएनन् ।

यसपटक पनि ट्रम्पको स्वागतमा कुनै कसर बाँकी राखिएको छैन । चिनियाँ शीर्ष नेतृत्वको कार्यथलो र निवास रहेको ‘जोङनान्हाई’ क्षेत्रमा उनको भव्य स्वागतको तयारी छ । तर, स्वागतको तामझाम उस्तै भए पनि एजेन्डा भने निकै जटिल र पेचिला छन् । व्यापार, प्रविधि र ताइवानसँगै यसपटक इरानसँगको सम्बन्धका कारण चिसिएको नयाँ तनाव पनि छलफलको मुख्य विषय बन्नेछ ।

ट्रम्प फर्किएको यो चीन २०१७ को भन्दा धेरै बदलिएको छ । अभूतपूर्व तेस्रो कार्यकाल सम्हालिरहेका सीले ‘नयाँ उत्पादक शक्ति’ को अवधारणा अघि सार्दै नवीकरणीय ऊर्जा, रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा ठूलो लगानी ओइर्‍याएका छन् ।

चीनले बितेको दशकमा हासिल गरेको प्रगति हेर्न बेइजिङको केन्द्र मात्र पर्याप्त छैन । चीनका दुर्गम उत्तरी भेगहरू अहिले सौर्य र वायु ऊर्जाले भरिएका छन् भने दक्षिणका औद्योगिक सहरमा अटोमेसनले कारखाना र आपूर्ति प्रणालीको स्वरूप नै बदलिदिएको छ । दक्षिण-पश्चिमको औद्योगिक सहर चोङकिङ अहिले नयाँ प्रविधि र आधुनिक व्यापारको केन्द्रका रूपमा उदाएको छ, जसलाई चीनले आफ्नो ‘मित्रवत अनुहार’ का रूपमा विश्वसामु प्रस्तुत गरिरहेको छ ।

सन् २०१७ मा चीन आफूलाई अमेरिकासँग ‘बराबर’ देखाउने प्रयासमा थियो । इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ सल्लाहकार अलि वाइन भन्छन्, “त्यसबेला चिनियाँ पक्षले सी र ट्रम्प भू-राजनीतिक रूपमा बराबर हुन् भन्ने छाप छोड्न ठूलो कूटनीतिक कसरत गरेको थियो । तर, यसपटक चीनलाई त्यो सावित गरिरहनु पर्ने आवश्यकता छैन ।”

वासिङ्टनले नै अहिले चीनलाई आफ्नो मुख्य प्रतिस्पर्धी स्वीकार गरिसकेको छ । वाइनका अनुसार, “सम्भवतः चीन अमेरिकी इतिहासकै सबैभन्दा शक्तिशाली प्रतिस्पर्धीका रूपमा उभिएको छ ।” बिबिसीबाट

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ६ : ४८ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम