सी-ट्रम्प वार्ता: स्वागत भव्य, पेचिला एजेन्डा « Khabarhub

सी-ट्रम्प वार्ता: स्वागत भव्य, पेचिला एजेन्डा

सात वर्षपछि बेइजिङमा ट्रम्प: २०१७ को तुलनामा झन् बलियो चीन


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – एक दशकअघिको तुलनामा यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प झन् शक्तिशाली र आक्रामक चीनको सामना गर्ने गरी बेइजिङ ओर्लिँदै छन् । सन् २०१७ को पहिलो राजकीय भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले ट्रम्पलाई ‘फर्बिडन सिटी’ भित्रै रात्रिभोज दिएर भव्य स्वागत गरेका थिए, जुन सम्मान यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले पाएका थिएनन् ।

यसपटक पनि ट्रम्पको स्वागतमा कुनै कसर बाँकी राखिएको छैन । चिनियाँ शीर्ष नेतृत्वको कार्यथलो र निवास रहेको ‘जोङनान्हाई’ क्षेत्रमा उनको भव्य स्वागतको तयारी छ । तर, स्वागतको तामझाम उस्तै भए पनि एजेन्डा भने निकै जटिल र पेचिला छन् । व्यापार, प्रविधि र ताइवानसँगै यसपटक इरानसँगको सम्बन्धका कारण चिसिएको नयाँ तनाव पनि छलफलको मुख्य विषय बन्नेछ ।

ट्रम्प फर्किएको यो चीन २०१७ को भन्दा धेरै बदलिएको छ । अभूतपूर्व तेस्रो कार्यकाल सम्हालिरहेका सीले ‘नयाँ उत्पादक शक्ति’ को अवधारणा अघि सार्दै नवीकरणीय ऊर्जा, रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा ठूलो लगानी ओइर्‍याएका छन् ।

चीनले बितेको दशकमा हासिल गरेको प्रगति हेर्न बेइजिङको केन्द्र मात्र पर्याप्त छैन । चीनका दुर्गम उत्तरी भेगहरू अहिले सौर्य र वायु ऊर्जाले भरिएका छन् भने दक्षिणका औद्योगिक सहरमा अटोमेसनले कारखाना र आपूर्ति प्रणालीको स्वरूप नै बदलिदिएको छ । दक्षिण-पश्चिमको औद्योगिक सहर चोङकिङ अहिले नयाँ प्रविधि र आधुनिक व्यापारको केन्द्रका रूपमा उदाएको छ, जसलाई चीनले आफ्नो ‘मित्रवत अनुहार’ का रूपमा विश्वसामु प्रस्तुत गरिरहेको छ ।

सन् २०१७ मा चीन आफूलाई अमेरिकासँग ‘बराबर’ देखाउने प्रयासमा थियो । इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ सल्लाहकार अलि वाइन भन्छन्, “त्यसबेला चिनियाँ पक्षले सी र ट्रम्प भू-राजनीतिक रूपमा बराबर हुन् भन्ने छाप छोड्न ठूलो कूटनीतिक कसरत गरेको थियो । तर, यसपटक चीनलाई त्यो सावित गरिरहनु पर्ने आवश्यकता छैन ।”

वासिङ्टनले नै अहिले चीनलाई आफ्नो मुख्य प्रतिस्पर्धी स्वीकार गरिसकेको छ । वाइनका अनुसार, “सम्भवतः चीन अमेरिकी इतिहासकै सबैभन्दा शक्तिशाली प्रतिस्पर्धीका रूपमा उभिएको छ ।” बिबिसीबाट

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ६ : ४८ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)