चीनले सुरु गर्‍यो विश्वव्यापी एआई शिक्षा प्लेटफर्म : कसरी लिन सकिन्छ लाभ ? « Khabarhub

चीनले सुरु गर्‍यो विश्वव्यापी एआई शिक्षा प्लेटफर्म : कसरी लिन सकिन्छ लाभ ?


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हङझाउ – चीनले शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पहुँच र प्रभाव विस्तार गर्न नयाँ विश्वव्यापी प्लेटफर्म सुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तस्थित हङझाउमा जारी ‘२०२६ विश्व डिजिटल शिक्षा सम्मेलन’ का क्रममा मंगलबार यसको औपचारिक घोषणा गरिएको हो ।

उच्च गुणस्तरीय शैक्षिक स्रोतलाई विश्वभर बाँड्ने र शिक्षामा एआईको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यले यो प्लेटफर्म ल्याइएको हो । यो नयाँ सेवा चीनको डिजिटल शिक्षा प्लेटफर्म ‘स्मार्ट एजुकेसन अफ चाइना’ को बृहत्तर स्तरोन्नतिको एक हिस्सा हो । हाल यो प्लेटफर्म विश्वका करिब २२० देश र क्षेत्रमा उपलब्ध छ ।

स्तरोन्नति गरिएको प्लेटफर्ममा ‘लाइफलोङ लर्निङ हब’ र चिनियाँ भाषा सिकाउने समुदायजस्ता नयाँ सुविधा थपिएका छन् । यसले अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई लक्षित गर्दै सेवाको दायरा थप फराकिलो बनाएको छ ।

मे ११ देखि १३ सम्म चल्ने उक्त सम्मेलनमा स्मार्ट शिक्षाका क्षेत्रमा चीनले चालेका नीतिगत कदम र नवीन अभ्यासबारेको प्रतिवेदन समेत सार्वजनिक गरिएको छ ।

त्यस्तै, सम्मेलनमा इनिसिएटिभ अन एआई एजुकेसन पनि सार्वजनिक गरियो । जसले मानव विकासलाई थप दिगो र चौतर्फी बनाउन एआईको सही प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । डिजिटल विभेद कम गर्न स्मार्ट शिक्षा प्लेटफर्म मार्फत गुणस्तरीय स्रोत र डिजिटल औजार साझा गर्नुपर्ने आह्वान समेत उक्त अवसरमा गरिएको छ । सिन्ह्वा

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ८ : ४९ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले