चीनले सुरु गर्‍यो विश्वव्यापी एआई शिक्षा प्लेटफर्म : कसरी लिन सकिन्छ लाभ ? « Khabarhub

चीनले सुरु गर्‍यो विश्वव्यापी एआई शिक्षा प्लेटफर्म : कसरी लिन सकिन्छ लाभ ?


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हङझाउ – चीनले शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पहुँच र प्रभाव विस्तार गर्न नयाँ विश्वव्यापी प्लेटफर्म सुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तस्थित हङझाउमा जारी ‘२०२६ विश्व डिजिटल शिक्षा सम्मेलन’ का क्रममा मंगलबार यसको औपचारिक घोषणा गरिएको हो ।

उच्च गुणस्तरीय शैक्षिक स्रोतलाई विश्वभर बाँड्ने र शिक्षामा एआईको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यले यो प्लेटफर्म ल्याइएको हो । यो नयाँ सेवा चीनको डिजिटल शिक्षा प्लेटफर्म ‘स्मार्ट एजुकेसन अफ चाइना’ को बृहत्तर स्तरोन्नतिको एक हिस्सा हो । हाल यो प्लेटफर्म विश्वका करिब २२० देश र क्षेत्रमा उपलब्ध छ ।

स्तरोन्नति गरिएको प्लेटफर्ममा ‘लाइफलोङ लर्निङ हब’ र चिनियाँ भाषा सिकाउने समुदायजस्ता नयाँ सुविधा थपिएका छन् । यसले अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई लक्षित गर्दै सेवाको दायरा थप फराकिलो बनाएको छ ।

मे ११ देखि १३ सम्म चल्ने उक्त सम्मेलनमा स्मार्ट शिक्षाका क्षेत्रमा चीनले चालेका नीतिगत कदम र नवीन अभ्यासबारेको प्रतिवेदन समेत सार्वजनिक गरिएको छ ।

त्यस्तै, सम्मेलनमा इनिसिएटिभ अन एआई एजुकेसन पनि सार्वजनिक गरियो । जसले मानव विकासलाई थप दिगो र चौतर्फी बनाउन एआईको सही प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । डिजिटल विभेद कम गर्न स्मार्ट शिक्षा प्लेटफर्म मार्फत गुणस्तरीय स्रोत र डिजिटल औजार साझा गर्नुपर्ने आह्वान समेत उक्त अवसरमा गरिएको छ । सिन्ह्वा

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ८ : ४९ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)