मन्त्रिपरिषद् बैठकका चार निर्णय : कार्यविभाजन नियमावली २०८३ स्वीकृत « Khabarhub

मन्त्रिपरिषद् बैठकका चार निर्णय : कार्यविभाजन नियमावली २०८३ स्वीकृत


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बुधबारको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण चार वटा निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार बिहानका लागि बोलाएको मन्त्रिपरिषद् बैठकले चार वटा महत्त्वपूर्ण निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले जानकारी दिए ।

तिमिल्सिनाका अनुसार सरकारले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने लगायत निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का (बाग्लुङ) र योगेश गौचन थकाली (मुस्ताङ)लाई मनोनय गर्ने निर्णयसमेत गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए । बैठकपछि पत्रकार सम्मेलनमार्फत् उनले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

त्यसैगरी बैठकले भूमि सम्बन्धी (एक्काईसाैँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
– नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने ।
– विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।
– सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य माननीय सुशील खड्का, बागलुङ र माननीय योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।
– भूमि सम्बन्धी (एक्काईसाैँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ११ : ३५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर