कांग्रेस सचेतक निश्कलको टिप्पणी : रास्वपा सांसदले दुईतिहाइको दम्भ देखाउन थाले « Khabarhub

कांग्रेस सचेतक निश्कलको टिप्पणी : रास्वपा सांसदले दुईतिहाइको दम्भ देखाउन थाले


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले न्यायाधीशका बारे रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस सचेतक राईले दुईतिहाइको दम्भ देखाउँदै न्यायाधीशमाथि गरिएको टिप्पणी अराजनीतिक मात्र नभई असंवैधानिकसमेत भएको भन्दै आपत्ति जनाए ।

महाभियोग लागेको अवस्थामाबाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख रहे पनि रास्वपा सांसदले सदनलाई लत्याएर टिप्पणी गरेको उनले बताए ।

उनले यस विषयमा सभामुख डोलप्रसाद अर्याललेसमेत ध्यान दिनुपर्नेमा जोड दिए । राईले सरकारको नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै प्रधानमन्त्रीलाई रुलिङ गरेर सभामा बोलाउन माग गरे ।

कांग्रेस सचेतक राइले धारणा राखेपछि रास्वपा दलका नेता पराजुलीले उठेर विरोध जनाएका थिए । तर सभामुखले मंगलबारको धारणा हेर्न बाँकी रहेको भन्दै बस्न आग्रह गरे।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : ३८ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम