कांग्रेस सचेतक निश्कलको टिप्पणी : रास्वपा सांसदले दुईतिहाइको दम्भ देखाउन थाले « Khabarhub

कांग्रेस सचेतक निश्कलको टिप्पणी : रास्वपा सांसदले दुईतिहाइको दम्भ देखाउन थाले


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले न्यायाधीशका बारे रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस सचेतक राईले दुईतिहाइको दम्भ देखाउँदै न्यायाधीशमाथि गरिएको टिप्पणी अराजनीतिक मात्र नभई असंवैधानिकसमेत भएको भन्दै आपत्ति जनाए ।

महाभियोग लागेको अवस्थामाबाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख रहे पनि रास्वपा सांसदले सदनलाई लत्याएर टिप्पणी गरेको उनले बताए ।

उनले यस विषयमा सभामुख डोलप्रसाद अर्याललेसमेत ध्यान दिनुपर्नेमा जोड दिए । राईले सरकारको नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै प्रधानमन्त्रीलाई रुलिङ गरेर सभामा बोलाउन माग गरे ।

कांग्रेस सचेतक राइले धारणा राखेपछि रास्वपा दलका नेता पराजुलीले उठेर विरोध जनाएका थिए । तर सभामुखले मंगलबारको धारणा हेर्न बाँकी रहेको भन्दै बस्न आग्रह गरे।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : ३८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर