१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टासम्म पनि सुरु हुन सकेन « Khabarhub

१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टासम्म पनि सुरु हुन सकेन

दलहरूबीच छलफल जारी


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक एक घण्टा बितिसक्दा पनि पुनः सुरु हुन सकेको छैन।

प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर नीति तथा कार्यक्रमको जवाफ नदिएको भन्दै प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित गरिएको थियो।

प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे लगायतको अनुरोधपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।  त्यसपछि पनि बैठक सुरु हुन सकेको छैन।

सचिवालयका अनुसार सभामुखले अहिले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतक तथा संसदीय दलका नेताहरूसँग छलफल गरिरहेका छन्। बैठक कतिबेला पुनः सुरु हुन्छ भन्नेबारे भने औपचारिक जानकारी दिइएको छैन।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  २ : २२ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले