१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टासम्म पनि सुरु हुन सकेन « Khabarhub

१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टासम्म पनि सुरु हुन सकेन

दलहरूबीच छलफल जारी


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक एक घण्टा बितिसक्दा पनि पुनः सुरु हुन सकेको छैन।

प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर नीति तथा कार्यक्रमको जवाफ नदिएको भन्दै प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित गरिएको थियो।

प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे लगायतको अनुरोधपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।  त्यसपछि पनि बैठक सुरु हुन सकेको छैन।

सचिवालयका अनुसार सभामुखले अहिले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतक तथा संसदीय दलका नेताहरूसँग छलफल गरिरहेका छन्। बैठक कतिबेला पुनः सुरु हुन्छ भन्नेबारे भने औपचारिक जानकारी दिइएको छैन।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  २ : २२ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)