प्रधानमन्त्रीलाई रुलिङ नगरेका सभामुखले संसद्‍मा ल्याउन संवाद गर्ने « Khabarhub

प्रधानमन्त्रीलाई रुलिङ नगरेका सभामुखले संसद्‍मा ल्याउन संवाद गर्ने


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद्लाई बेवास्ता गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग सभामुख डोलप्रसाद अर्यालले संवाद गर्ने भएका छन्।

बुधबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे प्रश्न उठाएपछि सभामुख अर्यालले जवाफमा यस्तो बताएका हुन्।

आङ्देम्बेले कांग्रेससहित प्रतिपक्षी दलहरूले बैठकमा छलफलका लागि नीति तथा कार्यक्रम टेबल गर्न दिए अब भने प्रधानमन्त्री चाहिने अडान राखेका थिए ।

‘हामीले नीति तथा कार्यक्रम टेबल गर्न दिएका छौँ । सभामुखको शालीनता देखेर यो निर्णय गरेका हौँ’, उनले भने, ‘तर अब यसमाथि छलफलका क्रममा प्रधानमन्त्री आउनुपर्छ । प्रधानमन्त्री नआएसम्म छलफल अघि बढ्न सक्दैन।’

त्यसपछि सभामुख अर्यालले आफूले आजको संसद् बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने बताए । ‘मैले यहाँबाट रुलिङ गर्ने भन्दा एक पटक प्रधानमन्त्रीको अवस्था बुझ्न म संवाद गर्न जाँदैछु । बैठकपछि म उहाँलाई भेटेर कुरा गर्छु’, उनले भने, ‘उहाँको सबै अवस्था बुझेर थप निर्णय गरिनेछ। अहिले रुलिङ गर्नतिर जानेभन्दा पहिले प्रमको अवस्था बुझेर अघि बढौँला।’

उनले सदनलाई संसारभरबाट हेरिरहेको बताउँदै प्रधानमन्त्रीले अर्थमन्त्रीलाई प्रतिनिधि बनाएर पठाइसकेकाले अब छलफल अघि बढाउन प्रतिपक्षीहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ३ : ०१ बजे

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक