प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल « Khabarhub

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल नियुक्त भएका छन् ।

वन तथा वातावरणमन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले उनलाई यही वैशाख २९ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्यसचिवमा उनलाई नियुक्त गरेकी हुन् ।

कोषको वरिष्ठ निर्देशक पदमा हाल कार्यरत डा पोखरेल प्रतिष्ठित वन्यजन्तु जीवविज्ञ, संरक्षण योजनाकार तथा प्रख्यात बाघविज्ञ हुन् । उनीसँग संरक्षण क्षेत्रमा २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ ।

नवनियुक्त सदस्यसचिव डा पोखरेलले कोषको उद्देश्य, दूरदृष्टि तथा मूल्यमान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अग्रसर गराउने दृढ अठोट व्यक्त गरे।
 

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ३ : २४ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)