स्वास्थ्य सुधार र खरिद प्रणालीमा सहयोग गर्ने यूएनडीपीको प्रतिबद्धता « Khabarhub

स्वास्थ्य सुधार र खरिद प्रणालीमा सहयोग गर्ने यूएनडीपीको प्रतिबद्धता


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) का प्रतिनिधिहरूबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटका क्रममा युएनडीपीका प्रतिनिधिहरूले नवनियुक्त मन्त्री मेहतालाई बधाई दिँदै नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरण, सार्वजनिक खरिद प्रणाली सुधार तथा ग्लोबल फण्डअन्तर्गतका कार्यक्रमहरूमा निरन्तर प्राविधिक तथा संस्थागत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री मेहताले सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य प्रणालीको डिजिटल रूपान्तरणलाई तीव्र बनाउने लक्ष्य प्रस्तुत गरिन् । उनले अस्पतालहरूलाई क्रमशः पेपरलेस प्रणालीतर्फ लैजाने सरकारी योजनामा युएनडीपीको प्राविधिक सहयोग महत्वपूर्ण हुने अपेक्षा व्यक्त गरिन् ।

उनका अनुसार यस्तो सहकार्यले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई थप आधुनिक, पारदर्शी र जनमुखी बनाउन निर्णायक भूमिका खेल्नेछ । भेटवार्तामा दुवै पक्षले आगामी दिनमा सहकार्यलाई अझ प्रभावकारी बनाउँदै स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रमहरूलाई गति दिने विषयमा समेत जोड दिएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ५ : ४३ बजे

विश्वकपमा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापानको भिडन्त

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित

लुम्बिनीमा धान रोपाइँले लियो गति, २०‍.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

भैरहवा– लुम्बिनी प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय भएपछि धान

तोलामा १ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’

काठमाडौँ– पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’

नवनियुक्त धितोपत्र बोर्ड अध्यक्षको शपथ: लोभ र प्रलोभनमा नपरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त