सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश « Khabarhub

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार उक्त आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि वैशाख २९ गते उपस्थित हुन निर्देशन दिएको हो।

अधिवक्ता डा. प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग असंवैधानिक तथा क्षेत्राधिकारविहीन रहेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

रिट निवेदनमा आयोग गठन तथा त्यसका गतिविधि संविधान र प्रचलित कानुनविपरीत रहेको जिकिर गरिएको छ। अदालतले प्रारम्भिक सुनुवाइपछि विपक्षी पक्षसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ६ : ३३ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा