मंगलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना « Khabarhub

मंगलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की संरचना निर्माण थालिएको छ । 

जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कास्कीले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण सुरु गरेको हो । परियोजनाका इन्जिनियर नरजङ गुरुङले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन लागिएको जानकारी दिए । 

उक्त आयोजना निर्माणका लागि भैरवी इन्जिनियरिङ प्रा.लीसँग २०८२ फागुन १० गते ९९ लाख १९ हजार २९५ मा ठेक्का सम्झौता भएको थियो । यही असार १९ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेको छ । 

निर्धारित समयभित्र नै आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदारले उपकरण र मजदुर परिचालन गरेको छ । नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसीसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावीयन पर्खाल बनाइने भएको हो । 

यसअघि मंगलाघाटमा आयोजनामार्फत विभिन्न चरणमा ५०० मिटरभन्दा बढी लामो पर्खाल निर्माण भइसकेको छ । बेनी बजारको पश्चिमी भागमा रहेको मङ्गलाघाटमा २०० भन्दाबढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् । आयोजनाले बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न विगतदेखिनै सञ्चालन गरेको छ । बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । 

आयोजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटान र पहिरोको जोखिममा रहेका म्याग्दी, मुस्ताङ र पर्वतका १७ स्थानमा सालबसाली योजना निर्माणाधीन रहेका बताए।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ७ : ०४ बजे

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक