भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै « Khabarhub

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बाँके– पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन नवजात सघन उपचार कक्ष (एनआईसीयू) विस्तार गरिने भएको छ ।

हाल अस्पतालमा रहेका आठ एनआईसीयू शय्यालाई बढाएर २० शय्यासम्म पुर्‍याउने लक्ष्यका साथ आवश्यक उपकरण थप गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले जानकारी दिए ।

उनका अनुसार, अहिले एनआईसीयू शय्याको अभावका कारण जटिल स्वास्थ्य समस्या भएका नवजात शिशुलाई अन्य अस्पतालमा प्रेषण (रेफर) गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । सेवा विस्तारपछि अस्पतालले आफ्नै स्रोतसाधनमार्फत थप शिशुलाई उपचार सेवा दिन सक्नेछ भने अन्य अस्पतालबाट प्रेषित भई आउने शिशुलाई एनआइसीयू सेवा उपलब्ध गराउन गराई नवजात शिशुहरुको उपचारमा सहजता आउने छ ।

भेरी अस्पतालमा अहिले सामान्य तथा शल्यक्रियामार्फत दैनिक ३० देखि ४० जना सुत्केरी हुने गरेका छन् । यस्तो अवस्थामा नवजात शिशुको उपचार सेवा विस्तारले मातृ तथा शिशु स्वास्थ्य सेवामा थप टेवा पुग्ने विश्वास छ । थप एनआइसीयू सञ्चालनका लागि आवश्यक चिकित्सक तथा स्टाफ नर्सको व्यवस्थापन गरी तयारी अवस्थामा रहेको अस्पताल प्रमुख डा. दर्नालले बताए ।

अस्पताल प्रशासनले विगतमा विभिन्न कारणले बन्द रहेका सेवालाई पुनः पूर्णरूपमा सञ्चालन गर्ने तथा नयाँ सेवाहरू थप्दै अस्पताललाई क्षेत्रीयस्तरको सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यका साथ योजनाबद्ध ढङ्गले काम अगाडि बढाएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. दर्नालको भनाइ छ ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ७ : ४५ बजे

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद