नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित) « Khabarhub

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार जेठ २९ गते बसेको बढुवा समितिको बैठकले विभिन्न उपसमूहका कूल ३६३ जना प्रहरी जवानहरूलाई सहायक हवल्दार पदमा बढुवा गर्न सिफारिस गरेको हो ।

जस अन्तर्गत प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ्ग उपसमूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फ २४, सूचना प्रविधि÷कम्प्युटरतर्फ १४, इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फ १९८, इन्जिनियरिङ उपसमूह, मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ ३२, प्राविधिक प्रहरी समूह, हातहतियार उपसमूहतर्फ २, विधिविज्ञान उपसमूहतर्फ ६, संगीत उपसमूहतर्फ ६३, केनाइन उपसमूहतर्फ २४ गरी ३६३ जवानको बढुवा सिफारिस भएको छ ।

बढुवा समितिले उनीहरूको कार्यक्षमता, शैक्षिक योग्यता र तालिमका आधारमा प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा योग्यताक्रम सूची सार्वजनिक गरेको जनाएको छ ।

सिफारिस सूचीमा चित्त नबुझ्नेहरूले सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने छन् ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ८ : ३८ बजे

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ– प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–११ का सेफ सन्तोष साहलाई बैंकिङ

धर्तीको वैकुण्ठ : दामोदर कुण्ड

एउटा भनाइ छ, ‘हरेक तीर्थ बारबार दामोदर कुण्ड एकबार ।’

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

बाँके– पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी