काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान सुरु भएको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
यही जेठ २६ गते सो पार्टीको बागमती प्रदेशको हेटौँडामा सुरु भएको अधिवेशन प्राविधिक र व्यवस्थापकीय कारणले स्थगन भएको थियो । अधिवशेनअन्तर्गतका निर्वाचन प्रक्रियाका सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भएको आयोगले जनाएको छ ।
आयोगको टोलीले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूचीको व्यवस्थापन र प्राविधिक परीक्षण गरेको थियो । बागमती प्रदेशमा एक हजार बढी मतदाता रहेका छन् । आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा रास्वपाको राष्ट्रिय महासधिवेशन हुँदैछ ।












प्रतिक्रिया