वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम « Khabarhub

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पाँचदिने उद्यमशीलता तालिम प्रदान गरेको छ । 

यही जेठ २६ देखि ३० गतेसम्म सञ्चालन भएको तालिममा नगरपालिकाभित्रका २५ जना वैदेशिक रोजगारीबाट फर्किएका युवाको सहभागिता रहेको म्याङलुङ नगरपालिकाका रोजगार संयोजक अनिल नेपालले जानकारी दिए । 

उनका अनुसार तालिममा उद्यम सञ्चालन गर्ने तरिका, लगानी व्यवस्थापन, वित्तीय साक्षरता तथा बैंकिङ ऋणसम्बन्धी जानकारीका साथै मनोसामाजिक परामर्शसमेत प्रदान गरिएको थियो । 

वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न सकून् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताए । 

म्याङलुङ नगरपालिका रोजगार, सीप तथा उद्यमशीलता केन्द्र तेह्रथुमले आयोजना गरेको तालिममा म्याङलुङ नगरपालिकाका सामाजिक विकास अधिकृत जगदीश सुवेदी, मनोसामाजिक परामर्शदाता पुनम भण्डारी, उद्यम विकास सहजकर्ता विनोद भण्डारी तथा नबिल बैंक लिमिटेड म्याङलुङ शाखाका शाखा प्रबन्धक भरत भारतीले सहजीकरण गरेका थिए । 

तालिममा सहभागी म्याङलुङ–९ का सन्तोष लिम्बूले वैदेशिक रोजगारीबाट फर्किएपछि आफूले सिकेको सीपलाई उद्यममा रूपान्तरण गर्ने विषयमा उपयोगी जानकारी प्राप्त भएको बताए। ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताका रूपमा कार्यरत लिम्बूले तालिमले आफ्नो पेसालाई व्यावसायिक रूपमा विस्तार गर्न सहयोग पुगेको धारणा व्यक्त गरे। 

यस्तै, म्याङलुङ–१ का बखत दाहालले १८ वर्ष वैदेशिक रोजगारीमा बिताएपछि स्वदेश फर्किएको उल्लेख गर्दै तालिमबाट रोजगार सिर्जना, लगानी व्यवस्थापन, बैंकि प्रक्रिया तथा मनोसामाजिक पक्षबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताए। 

उनले तालिमले आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्न प्रेरणा मिलेको सुनाए । नगरपालिकाले रोजगारमूलक सीप विकासका लागि अहिले ब्युटिसियन, बारिस्टा, हाते ट्याक्टर मर्मत, ड्राइभिङ र कुकसम्बन्धी तालिमसमेत सञ्चालन गरिरहेको रोजगार संयोजक नेपालले जानकारी दिए ।
 

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ६ : ४४ बजे

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

काठमाडौं– भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय

तथानाम सोधेर बाढी पीडितलाई युट्युबरले वाक्क लगाएपछि…

काठमाडौं – कन्टेन्टको लोभले रसुवा बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई

इक्वेडरमा एल निनोका कारण आपत्काल घोषणा

क्विटो– इक्वेडरले एल निनो जलवायु घटनाका कारण शनिबार देशभर उच्च