मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि « Khabarhub

मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गर्दै सङ्गठनात्मक एकता कायम राख्नुपर्नेमा जोड दिएका छन् । 

आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित ‘नेपाली कांग्रेस एकता, पार्टी सुदृढीकरण तथा देशको समसामयिक राजनीतिक विषयमा छलफलका लागि मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै उनले विचार र दृष्टिकोणमा फरकपन हुनु लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भए पनि त्यसलाई विभाजन वा टकरावका आधार बनाउन नहुने विचार व्यक्त गरे।

उनले पार्टीभित्र देखिएको असन्तुष्टि, सङ्गठन सञ्चालनका विषयमा उठेका प्रश्न तथा नेतृत्वप्रतिको गुनासोलाई खुला छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए । कांग्रेसको मुख्य शक्ति यसको लोकतान्त्रिक संस्कार, कार्यकर्ताको समर्पण र सङ्गठनात्मक एकतामा रहेको बताए। पार्टीलाई आगामी दिनमा थप सशक्त, प्रभावकारी र जनमुखी बनाउन सबै पक्षले साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

निधिले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको आवश्यकता रहेको उल्लेख गर्दै कांग्रेसले संविधान, लोकतन्त्र, सङ्घीयता, समावेशिता र सामाजिक न्यायका पक्षमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताए। उनले पार्टीभित्रको आन्तरिक एकता बलियो भए मात्र कांग्रेसले जनताको अपेक्षाअनुसार काम गर्न सक्ने विचार व्यक्त गरे।

भेलाका संयोजक तथा राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुङ्गानाले भेलाको उद्देश्यबारे जानकारी गराउँदै पार्टीभित्र देखिएका विभिन्न धारणा र असन्तुष्टिलाई लोकतान्त्रिक प्रक्रियाबाट व्यवस्थापन गर्नुपर्ने धारणा राखे। उनले कांग्रेसको संगठनलाई तल्लो तहसम्म थप सुदृढ बनाउने, कार्यकर्ताको भावना नेतृत्वसमक्ष पुर्‍याउने तथा समसामयिक राजनीतिक विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिए ।

उनले कांग्रेसभित्र उठेका प्रश्नहरूलाई निषेध वा बेवास्ता गरेर होइन, खुला बहस र छलफलमार्फत समाधान खोज्नुपर्ने बताउँदै पार्टी एकता नै सबैको साझा प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गरे। लोकतान्त्रिक पार्टीभित्र फरक मत रहनु अस्वाभाविक नभएको उल्लेख गर्दै उनले ती मतलाई सम्मानपूर्वक व्यवस्थापन गर्न सकिए सङ्गठन थप बलियो बन्ने विचार व्यक्त गरे।

नेता उमाकान्त चौधरीले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई व्यवहारमा उतार्न नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध थप मजबुत हुनुपर्ने बताए। उनले पार्टीको निर्णय प्रक्रिया पारदर्शी, सहभागितामूलक र कार्यकर्तामैत्री हुनुपर्ने धारणा राख्दै सङ्गठनलाई चलायमान बनाउन तल्लो तहका कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताए।

नेता मोहनबहादुर बस्नेतले कांग्रेसलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित राख्न सङ्गठनात्मक सुधार, नेतृत्वको उत्तरदायित्व, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । नेता  गुरुप्रसाद बरालले कांग्रेसभित्र उठेका आवाज र बहसलाई पार्टीको लोकतान्त्रिक जीवनको अभिन्न अङ्गका रूपमा लिनुपर्ने बताए । उनले फरक विचार राख्नेहरूलाई विरोधीका रूपमा नभई पार्टीलाई थप सुदृढ बनाउन योगदान गर्ने पक्षका रूपमा हेर्नुपर्ने धारणा राख्दै अन्ततः सबैको लक्ष्य कांग्रेसलाई बलियो बनाउने नै रहेको उल्लेख गरे।

नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले मधेस प्रदेशका कार्यकर्ताको भावना, सङ्गठन विस्तार, जनसम्पर्क अभिवृद्धि र पार्टी सुदृढीकरणका विषयमा आफ्नो धारणा राखे। उनले पार्टीको सङ्गठनात्मक संरचनालाई सक्रिय र प्रभावकारी बनाउन कार्यकर्ताको भूमिका निर्णायक हुने बताए।

भेलाको अध्यक्षता नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले गरेका थिए । अध्यक्षीय मन्तव्यमा उनले कांग्रेसभित्र एकता कायम राख्दै सङ्गठनलाई बलियो बनाउने दिशामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। उनले पार्टीभित्रको संवाद र सहकार्यलाई सुदृढ गर्दै लोकतान्त्रिक संस्कारलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ७ : १९ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील