पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु « Khabarhub

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो ।

मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए ।

पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उनको भनाइ छ ।

उनले भने, ‘घर अलि अप्ठ्यारो ठाउँमा रैछ, पर्खाल कच्ची ठाउँमा लगाएको हुँदा पिँढीको मुख्य पर्खालनै भत्किएपछि खेल्दै गरेको बालक पुरिएछन्, आफन्तले उद्धार गरेर अस्पताल ल्याउँदा मृत्यु भइसकेको रहेछ ।’

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ९ : ३६ बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा