हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो « Khabarhub

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले चालकसहित एउटा खाली ट्रक बगाएको छ । बाढीमा परेर ट्रकका चालक घाइते भएका छन् ।

शिवम् सिमेन्ट उद्योगबाट चुनढुङ्गा अनलोड गरी फर्कने क्रममा ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बाढीमा फसेको हो ।

दुर्घटनामा चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ घाइते भएका छन् । बाढीले ट्रक बगाए पनि चालक थिङ भने पौडिएर आफैँ निस्कन सफल भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको छ ।

उनको अहिले हेटौँडा उपमहानगरपालिकाको एक मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १० : ४७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल