हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो « Khabarhub

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले चालकसहित एउटा खाली ट्रक बगाएको छ । बाढीमा परेर ट्रकका चालक घाइते भएका छन् ।

शिवम् सिमेन्ट उद्योगबाट चुनढुङ्गा अनलोड गरी फर्कने क्रममा ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बाढीमा फसेको हो ।

दुर्घटनामा चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ घाइते भएका छन् । बाढीले ट्रक बगाए पनि चालक थिङ भने पौडिएर आफैँ निस्कन सफल भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको छ ।

उनको अहिले हेटौँडा उपमहानगरपालिकाको एक मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १० : ४७ बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा