कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो  « Khabarhub

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचनाहरूमा भत्काइएको छ । 

अस्पतालको जग्गा मिचेर बनाइएका ३२ वटा व्यावसायिक सटरहरू तीन वटा डोजर प्रयोग गरी सोमबार बिहान एक घण्टाभित्रै भत्काइएको हो । सोमबार बिहान ६ बजेदेखि टहरा भत्काउन शुरू गरिएको थियो ।  

हस्पिटल चोकस्थित गणेश मन्दिरले भाडामा लगाएका आधा दर्जन बढी सटरसहित नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयका नाममा बनाइएका ३२ वटा सटरहरू भत्काइएको कोशी अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलले जानकारी दिए । 

अस्पताल प्रशासनले सात दिनको अल्टिमेटम दिएर संरचना खाली गर्न अन्तिम चेतावनी दिएपछि व्यवसायीहरूले शनिबारदेखि नै सटर खाली गर्न शुरू गरेका थिए । 

सम्भावित अवरोधलाई मध्यनजर गर्दै घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । संरचना भत्काउने कार्यको प्रत्यक्ष अनुगमनका लागि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसहितका सुरक्षा अधिकारीहरू उपस्थित थिए । 

विगत लामो समयदेखि अस्पतालको  जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाएर औषधि पसल र क्लिनिकहरूलाई भाडामा दिएका थिए । ती सटरहरूको भाडाबापतको आम्दानी अस्पतालले नभई सम्बन्धित संस्थाहरूले नै उठाउँदै आएका थिए ।

अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि ती संरचनाहरू हटाउन लामो समयदेखि प्रयास गर्दै आएको थियो। भत्काइएको ठाउँलाई अब अस्पतालले तत्कालै पर्खाल (बाउन्डिङ) लगाएर व्यवस्थित गर्ने कोशी अस्पतालका मेसु डा.चन्द्रभाल झाले बताए ।  

डोजर चलाएर व्यावसायिक सटरहरू भत्काइए पनि नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक र गणेश मन्दिरको मूल संरचना भने तत्कालका लागि यथावत राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ११ : ४४ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको