इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने « Khabarhub

इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले आगामी अक्टोबर २७ मा आम चुनाव गर्ने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारले चार वर्षे संसदीय कार्यकाल पूरा गरेपछि निर्धारित समयमै चुनाव हुन लागेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

द टाइम्स अफ इजरायलका अनुसार सत्तारूढ लिकुड पार्टीका वरिष्ठ नेता ओफिर काट्जले चुनावको मिति पुष्टि गरेका हुन् । वर्तमान नेसेट (संसद्) को चार वर्षे कार्यकाल जुलाई १७ मा समाप्त हुँदैछ र त्यसै दिन संसद् औपचारिक रूपमा निर्वाचन अवकाशमा प्रवेश गर्नेछ ।

निर्धारित समयमै आम चुनाव हुन लागेकाले यो सन् १९८८ यताकै पहिलो नियमित संसदीय निर्वाचन हुनेछ । साथै, नेतान्याहु नेतृत्वको सरकारले पूरा चार वर्षे कार्यकाल सम्पन्न गर्ने पछिल्ला करिब पाँच दशकयताकै पहिलो सरकार बन्ने उल्लेख गरिएको छ ।

सत्तारूढ गठबन्धनले संसदीय कार्यतालिका पूरा गरी संविधानअनुसार निर्वाचन गराउन आग्रह गरेपछि निर्वाचन मिति तय गरिएको जनाइएको छ । निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको अन्तिम सूची आगामी सेप्टेम्बर ७ भित्र बुझाइसक्नुपर्नेछ ।

सन् २०२२ मा दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै पुनः सत्तामा फर्कनुभएका प्रधानमन्त्री नेतान्याहुले सन् २०२३ अक्टोबरमा हमासले गरेको आक्रमणपछि तीव्र राजनीतिक दबाब सामना गर्दै आएका छन्। उनीमाथि सन् २०१९ देखि चलिरहेको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ पनि जारी छ । उक्त मुद्दामा दोषी ठहरिए जेल सजाय हुन सक्ने अवस्था रहेको छ ।

यससँगै गाजा, लेबनान र इरानसँग सम्बन्धित क्षेत्रीय द्वन्द्वको व्यवस्थापन र सुरक्षा नीतिलाई लिएर पनि नेतान्याहु सरकारमाथि स्वदेश तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर समीक्षा र आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १२ : १९ बजे

गैससहरूका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड

काठमाडौं– व्यवहारिक रुपमा सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको

विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजना समयमै सम्पन्न

नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण रसुवा-

६ वटा बैंकको खुद नाफा घट्यो, एनआईसी एशियाको नाफा निरन्तर ओरालो

काठमाडौं– नेपाली बैंकिङ क्षेत्रको समग्र खुद नाफामा गत वर्षको तुलनामा

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

भद्रपुर– भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खर्बुजाको