नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु,  परराष्ट्रमन्त्री खनालले गरे शुभारम्भ « Khabarhub

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु,  परराष्ट्रमन्त्री खनालले गरे शुभारम्भ


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ ।  

सोमबार राहदानी विभागमा परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्यको शुभारम्भ गरेका हुन्। नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रुपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको मन्त्री खनालले जानकारी दिए । 

नयाँ प्रणालीको तयारीका लागि दुई–तीन दिनअघि देखि विभाग र वैदेशिक नियोगहरूमा पासपोर्ट वितरण कार्य बन्द गरिएकोमा, नयाँ प्रणालीमार्फत वितरण कार्य सफलतापूर्वक सुरु भएको उनले बताए

उनले हाल परीक्षण गर्दा प्रविधि ठिक देखिए पनि प्रक्रियागत रूपमा केही सामान्य प्राविधिक समस्याहरू आउन सक्ने सम्भावनालाई ध्यानमा राखी राहदानी विभाग र परराष्ट्र मन्त्रालयका प्राविधिक टोलीहरू ’स्ट्यान्डबाइ’ अवस्थामा रहेको बताए । 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १२ : ४९ बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो