नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु,  परराष्ट्रमन्त्री खनालले गरे शुभारम्भ « Khabarhub

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु,  परराष्ट्रमन्त्री खनालले गरे शुभारम्भ


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ ।  

सोमबार राहदानी विभागमा परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्यको शुभारम्भ गरेका हुन्। नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रुपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको मन्त्री खनालले जानकारी दिए । 

नयाँ प्रणालीको तयारीका लागि दुई–तीन दिनअघि देखि विभाग र वैदेशिक नियोगहरूमा पासपोर्ट वितरण कार्य बन्द गरिएकोमा, नयाँ प्रणालीमार्फत वितरण कार्य सफलतापूर्वक सुरु भएको उनले बताए

उनले हाल परीक्षण गर्दा प्रविधि ठिक देखिए पनि प्रक्रियागत रूपमा केही सामान्य प्राविधिक समस्याहरू आउन सक्ने सम्भावनालाई ध्यानमा राखी राहदानी विभाग र परराष्ट्र मन्त्रालयका प्राविधिक टोलीहरू ’स्ट्यान्डबाइ’ अवस्थामा रहेको बताए । 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १२ : ४९ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य