गैससहरूका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड « Khabarhub

गैससहरूका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवहारिक रुपमा सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल सहभागितामूलक कार्य समूह (नेपान) द्वारा आज आयोजित अन्तरक्रियामा सहभागी वक्ताहरूले यस पद्धतिको व्यवहारिक पक्षमा रहेका चुनौतीहरूको समाधान गरी स्थानीय समुदायलाई कुनै पनि प्रकारको उद्यममा संलग्न गराई उत्पादित वस्तु वा सेवाको व्यापारबाट हुने आम्दानीबाट उनीहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउनुपर्ने धारणा राखे  । 

सो अवसरमा विकासविद् डा कृष्णराज भण्डारीले संस्थाको दिगो आर्थिक स्रोत नहुँदा नेपालका करिव आधा जसो गैसस बन्द भइसकेको बताउँदै ती संस्थाहरूलाई पुनर्स्थापित गराउन सामाजिक उद्यमशीलता विकास गर्नुपर्ने बताए । उनले गैरसरकारी संस्थालाई सधैँ दातामुखी नभई आफ्नै आय सिर्जना गरी दिगोरुपमा चलाउनुपर्छ भने ।

नेपानका अध्यक्ष अश्विनकुमार पुडासैनीले गैससलाई दाताका एजेन्डा, राजनीतिक प्रभाव, उच्च वर्गको निर्देशन एवं बैङ्क तथा लघुवित्तबाट सञ्चालित हुने पद्धतिबाट मुक्त गरी सामाजिक उद्यमशीलतामा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा डा. विनोद भट्ट, ब्रह्मध्वज गुरुङ, डा चेतनाथ कणेल, अश्विन पुडासैनी, डा गिरी पन्थी, डा मेनुका कार्की, श्रीराम केसी, रामहरि अधिकारी, कृष्ण शर्मा, हिम्मतसिंह लेकाली, राजबहादुर गिरी, पद्मा माथेमा, शरद् न्यौपाने, विजया खनाल, निता थापा, दीपक पोखरेललगायतका विकासकर्मीहरूले विभिन्न सुझाव दिएका थिए ।
 
विभिन्न कानुनी झन्झट र झमेला, गैससलाई हेर्ने नकारात्मक दृष्टिकोण र दाताको चाहना र आवश्यकताअनुसार सञ्चालन हुने प्रवृत्तिले गर्दा अधिकांश संस्थाहरूको अवस्था धराशायी बन्दै गएको उनीहरुको भनाइ छ । 

सामाजिक उद्यम विकासका नाममा सहकारी, लघुवित्त, आयमूलक कार्यक्रम आदि भनेर विविध कार्यक्रम चलाएको पाइए पनि तीसमेत आफ्नै चुनौतीमा अल्झेको, संशयको घेराभित्र रहेको कुरा सहभागीले उल्लेख गरे । 

कतिपय सहभागीहरूले सामाजिक उद्यम विकासको अवधारणा बाहिरबाट लादिएको विषय भएको र यसको नेपाली मोडेल अलग्गै तरिकाले विकास गर्नुपर्ने तथा नेपाली कर्पोरेट सेक्टरको सामाजिक उत्तरदायित्व भूमिका (‘सीएसआर’) माथि थप निगरानी तथा अध्ययन हुनुपर्ने, कानुनी प्रावधान खुकुलो र व्यवहारिक बनाउनुपर्ने कुरामा पनि जोड दिए  । 

वास्तविक गरिब वर्गसँग काम गरेर सामाजिक उद्यम विकास गरेका संस्थाहरूको सफल अभ्यासहरूलाई राज्य वा अन्य संस्थाहरूले पनि अनुसरण गर्न सक्नुपर्ने विज्ञहरूको सुझाव रहेको छ । 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  २ : १५ बजे

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको