राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै « Khabarhub

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले एक वर्ष अवधिको लागि उक्त ऋणपत्र जारी गर्न लागेको हो ।

यस ऋणपत्रको बोलकबोल आजै ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत मात्र हुनेछ । ऋणपत्रको निष्कासन पनि नै गरिने सूचनामा उल्लेख छ ।

सूचना अनुसार यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ भने सावाँ भुक्तानी २०८४ असार २९ गते हुनेछ । यो ऋणपत्रलाई राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ  ।

यस ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्ने जनाइएको छ ।

यस ऋणपत्रमा गरिएको लगानीलाई बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य नगद मौज्दात मा गणना गर्न पाउने छैनन् । तर, यसलाई वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ ।

बोलकबोलमा सहभागी भई सफल भएका संस्थाहरूको खाताबाट निष्कासनकै दिन रकम खर्च गरी ऋणपत्र जारी गरिनेछ । यदि खातामा पर्याप्त मौज्दात नभई रकम भुक्तानी हुन नसकेमा त्यस्ता संस्थाको बोल रद्द गरी २.५० प्रतिशत जरिवाना गरिने र ६ महिनासम्म कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइने बैंकले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १ : २० बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य