गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार « Khabarhub

गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकार समर्थित समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित घर अगाडि पनि गाडी तेर्स्याएको छ।

सभापति गगन थापाको रातोपुलस्थित घर अगाडि मोटरसाइकलसमेत निस्किन नमिल्ने गरि सोमबार बिहान करिब ७ बजेदेखि गाडी तेर्स्याएर राखिएको हो ।

उक्त गाडी बिहानैदेखि तेर्स्याएर राखिएपछि गगनसहित छिमेकीलाई पनि सवारीसाधन बाहिर निकाल्न समस्या भएको छ।

स्थानीय एकजना प्रत्यक्षदर्शीका अनुसार उक्त गाडी तेर्स्याएका चालक त्यसपछि नेपाल प्रहरीले प्रयोग गर्ने भ्यानमा चढेर बाटो लागेका थिए ।

गाडी तेर्स्याएर ती व्यक्ति प्रहरीकै भ्यानमा चढेर हिँडेपछि त्यसलाई हटाउन स्थानीयबासी डराएका छन् । तर प्रहरीले भने यसबारेमा अहिलेसम्म केही बोलेको छैन।

उता सोमबार नै काठमाडौंको तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबर मिडिया हाउसबाहिर ती गाडी तेर्साइएको थियो।

कार्यालयबाट बाहिर निस्किन नमिल्ने गरी सडक नै अवरुद्ध बनाएर शंकास्पद रुपमा पार्किङ गरिएका गाडीलाई प्रहरीले क्रेन प्रयोग गरेर उठाइसकेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ३ : २२ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने