गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार « Khabarhub

गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकार समर्थित समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित घर अगाडि पनि गाडी तेर्स्याएको छ।

सभापति गगन थापाको रातोपुलस्थित घर अगाडि मोटरसाइकलसमेत निस्किन नमिल्ने गरि सोमबार बिहान करिब ७ बजेदेखि गाडी तेर्स्याएर राखिएको हो ।

उक्त गाडी बिहानैदेखि तेर्स्याएर राखिएपछि गगनसहित छिमेकीलाई पनि सवारीसाधन बाहिर निकाल्न समस्या भएको छ।

स्थानीय एकजना प्रत्यक्षदर्शीका अनुसार उक्त गाडी तेर्स्याएका चालक त्यसपछि नेपाल प्रहरीले प्रयोग गर्ने भ्यानमा चढेर बाटो लागेका थिए ।

गाडी तेर्स्याएर ती व्यक्ति प्रहरीकै भ्यानमा चढेर हिँडेपछि त्यसलाई हटाउन स्थानीयबासी डराएका छन् । तर प्रहरीले भने यसबारेमा अहिलेसम्म केही बोलेको छैन।

उता सोमबार नै काठमाडौंको तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबर मिडिया हाउसबाहिर ती गाडी तेर्साइएको थियो।

कार्यालयबाट बाहिर निस्किन नमिल्ने गरी सडक नै अवरुद्ध बनाएर शंकास्पद रुपमा पार्किङ गरिएका गाडीलाई प्रहरीले क्रेन प्रयोग गरेर उठाइसकेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ३ : २२ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य