एकैदिन विपद्का घटनामा परी ७ जनाको मृत्यु, १९ घाइते « Khabarhub

एकैदिन विपद्का घटनामा परी ७ जनाको मृत्यु, १९ घाइते


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर एकै दिनमा भएका विभिन्न विपद्का घटनामा परी ७ जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार देशका ४४ जिल्लामा ५५ वटा विपद्का घटना दर्ता भएका छन् । उक्त अवधिमा १९ जना घाइते भएका प्राधिकरणले जनाएको छ । घटनामा २५६ परिवार प्रभावित भएका छन् ।

सबैभन्दा बढी २० वटा पहिरोका घटना भएका छन्, जसमा २ जनाको मृत्यु, ५ जना घाइते तथा ७० परिवार प्रभावित भएका छन् । यस्तै १५ वटा सर्पदंशका घटनामा ३ जनाको मृत्यु भएको छ ।

बाढीका १३ घटनामा २ जनाको मृत्यु र १ जना घाइते भएका छन् भने ६९ परिवार प्रभावित भएका छन् । आगलागीका ३ घटनामा १ जना घाइते र ११ परिवार प्रभावित भएका छन् । यस अवधिमा चरम वर्षाका कारण भएको क्षतिबाट करिब रु २५ लाख २५ हजार बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त दिन सडक अवरोध र चौपाया क्षतिका घटना भने दर्ता भएका छैनन् । विपद्का घटनापछि उद्धार तथा राहतका लागि सम्बन्धित निकाय परिचालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ४ : १७ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य