एकैदिन विपद्का घटनामा परी ७ जनाको मृत्यु, १९ घाइते « Khabarhub

एकैदिन विपद्का घटनामा परी ७ जनाको मृत्यु, १९ घाइते


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर एकै दिनमा भएका विभिन्न विपद्का घटनामा परी ७ जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार देशका ४४ जिल्लामा ५५ वटा विपद्का घटना दर्ता भएका छन् । उक्त अवधिमा १९ जना घाइते भएका प्राधिकरणले जनाएको छ । घटनामा २५६ परिवार प्रभावित भएका छन् ।

सबैभन्दा बढी २० वटा पहिरोका घटना भएका छन्, जसमा २ जनाको मृत्यु, ५ जना घाइते तथा ७० परिवार प्रभावित भएका छन् । यस्तै १५ वटा सर्पदंशका घटनामा ३ जनाको मृत्यु भएको छ ।

बाढीका १३ घटनामा २ जनाको मृत्यु र १ जना घाइते भएका छन् भने ६९ परिवार प्रभावित भएका छन् । आगलागीका ३ घटनामा १ जना घाइते र ११ परिवार प्रभावित भएका छन् । यस अवधिमा चरम वर्षाका कारण भएको क्षतिबाट करिब रु २५ लाख २५ हजार बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त दिन सडक अवरोध र चौपाया क्षतिका घटना भने दर्ता भएका छैनन् । विपद्का घटनापछि उद्धार तथा राहतका लागि सम्बन्धित निकाय परिचालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ४ : १७ बजे

अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराएको निलो ‘लक्की’ जर्सीमै विश्वकप सेमिफाइनल खेल्ने

काठमाडौं- अर्जेन्टिनाले २०२६ फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध निलो (अवे) जर्सी

पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि

काठमाडौं– काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको अन्त्येष्टि गरिएको

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइन कारोबार गर्ने एक

पति-पत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीनजना पक्राउ

जलेश्वर– स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते

गगनले भने- सरकारकै योजनामा गाडी तेर्स्याइयो 

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक