पहिरोमा परेर दुई जनाको मृत्यु « Khabarhub

पहिरोमा परेर दुई जनाको मृत्यु


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो । 

आज दिउँसो १ः३० बजेको सयममा पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नीत्रिवेणी–६ धाँमीगाँउका ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीया लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

घट्ट पिस्न गएका बेला घट्टमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिएका दुई जनालाई उद्धार गरिएका दुवैको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए । 

‘घटनाका सम्बन्धमा स्थल थप अनुसन्धान गर्न आफूसहितको टोली त्यसतर्फ जाँदै छौँ’, उनले भने, ‘घटनास्थल पुगेपछि विस्तृत जानकारी प्राप्त हुनेछ ।’

घटना भएको स्थान प्रहरी चौकी मेहलमुडीबाट १० किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि लागि रास्कोट नगरपालिकास्थित गौतुकोट अस्पतालका चिकित्सकको टोली घटनास्थलतर्फ आउँदै गरेका सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए । 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ४ : ४१ बजे

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना