झापाका पाँच सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण « Khabarhub

झापाका पाँच सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि समस्या समाधान समिति आयोगले झापाका पाँच जग्गाविहीन सुकुम्वासी परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष बलभद्र बास्तोलाका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका–४ का जग्गाविहीन घरपरिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको हो ।

सरकारले गत १८ असारमा बर्दियाबाट लालपुर्जा वितरण अभियान सुरु गर्दै बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा सुकुम्वासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको थियो ।

त्यसक्रममा सरकारले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै देशभर वास्तविक भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यसहित अभियान विस्तार गर्ने जनाएको थियो ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ४ : ४१ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको