‘सरकार पहिलो दिनदेखि नै संवैधानिक र कानुनी हिसाबले चलेको छैन’ « Khabarhub

‘सरकार पहिलो दिनदेखि नै संवैधानिक र कानुनी हिसाबले चलेको छैन’



काठमाडौं- टिकाराम भट्टराई संवैधानिक कानुन विज्ञ हुन् । उनी प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार पहिलो दिनदेखि नै संवैधानिक र कानुनी हिसाबले नचलेको टिप्पणी गर्छन् ।

जनताले दुई तिहाई बहुमत नजिक पुर्‍याएको सरकार जनताप्रति निरंकुश हुँदा प्रश्न उठेको बताउँछन् । सरकारको आलोचना गरेकै भरमा नागरिकहरू दिनौँ पक्राउ पर्नु र विभिन्न सञ्चार माध्यम लगायत व्यापारिक प्रतिष्ठानअगाडि शंकास्पद गाडीहरू भेटिँदा थुप्रै प्रश्नहरू उब्जिएको उनको विश्लेषण छ ।

सरकार गठन भएको तीन महिनाभित्रमै जनता सडकमा निस्किनुपर्ने विषय दुर्भाग्यपूर्ण रहेको भट्टराईको विश्लेषण छ । यसै सन्दर्भमा हामीले संवैधानिक कानुनका ज्ञाता टिकाराम भट्टराईसँग छोटो कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

राज्यका पछिल्ला गतिविधिलाई संवैधानिक र कानुनी हिसाबले कसरी हेर्ने ?

सरकार संवैधानिक रूपले चलेको छैन । सरकारले संविधान र संसदको न्यूनतम गरिमा पनि राखेको छैन । नागरिकका हकअधिकार कुण्ठित र सङ्कुचित भएका छन् । सरकारको आलोचना गरेकै भरमा मान्छेहरू दिनहुँ गिरफ्तार हुने अवस्था बढ्दै छ । अहिलेको संवैधानिक अभ्यासलाई स्वस्थ संवैधानिक र कानुन बमोजिमको भन्न सकिने ठाउँ छैन ।

सरकार निरङ्कुशताको बाटोतर्फ अगाडि बढेको छ । सम्बन्धित पार्टी र त्यसका सदस्यले यसबारे सोच्नुपर्ने बेला आउन लागिसकेको देख्दैछु । विभिन्न सञ्चारमाध्यम, व्यापारिक क्षेत्र र पार्टी नेताहरूका अगाडि शंकास्पद गाडी भेटिनुमा पनि राज्य जिम्मेवार हुनुपर्छ ।

बिहानैदेखिको घटना भएकाले अहिलेसम्म सरकारले जवाफ नदिनुले पनि शङ्का उब्जिएको पक्कै छ । आशा गरौँ नागरिकले दुईतिहाइ बहुमत नजिक जनमत दिएर पठाएको सरकारले अझ आक्रोश बढ्न नपाउँदै आफ्ना कार्यशैली सुधारोस् । जनता पुरानाबाट आजित भएकै कारण नयाँ पार्टी छान्न पुगेका हुन् । नयाँ पार्टीले पनि जनतालाई आजित बनाउनु हुँदैन । कसैले कानुन मिचेकै हो भने कानुनी बाटाहरू थुप्रै छन् ।

तर उहाँहरू नयाँ म्यान्डेटबाट आएको सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको भन्नुहुन्छ, पुरानालाई ३०/३५ वर्षदेखि के गरेका थियौ ? भनेर सोध्नुहुन्छ नि ?

होइन, नियमित काम कारबाहीको विषयलाई मात्रै १०० दिनको बेरियर राखिएको हो । जहाँ संविधान र कानुन मिचिन्छ, त्यस्तो अवस्थामा कुरा उठाउने बेला भएको छैन भनेर मौन बस्न सकिँदैन । यो रास्वपामाथिको प्रश्न पनि हो ।

सरकारमाथि उसो भए प्रशस्तै शङ्का गर्ने ठाउँहरू छन् ?

जहाँ संविधानको पालना हुँदैन, त्यहाँ शङ्का गर्ने ठाउँ त प्रशस्तै हुन्छन् । सरकारको नियतमा प्रश्न गर्नुपर्ने ठाउँमा आयो, सरकार संविधान बमोजिन चल्यो र जनादेशको सम्मान गर्‍यो, संसदीय प्रक्रियालाई स्वीकार गरी राष्ट्रियताको पक्षमा सरकार उभियो भने सरकारविरुद्ध अहिले सडकमा जाने बेला भएको छैन । तर सरकारका प्रारम्भिक गतिविधिहरूले सडकलाई निम्त्याइरहेको छ ।

सरकार गठन भएको तीन महिनाभित्रमै जनता सडकमा निस्किनुपर्ने कुरा दुर्भाग्यपूर्ण हुन्छ । हामी चाहन्छौँ, दुई तिहाई बहुमत नजिकको सरकारले जनता सडकमा निस्किने वातावरण नबनाओस् । तर विडम्बना, परिस्थिति बिल्कुल फरक हुँदैछ ।

सरकारलाई यहाँको सुझाव चाहिँ के छ ?

कानुन र संविधानबमोजिम सरकार चल्नुपर्‍यो । संसदीय मर्यादा, नागरिकका मौलिक हकहरू सुरक्षित राख्नुपर्‍यो । यो अधिकार निर्वाध रूपमा नागरिकले प्रयोग गर्न पाउनुपर्‍यो ।

रास्वपाले सरकारमा पठाएको व्यक्तिको विषयमा सोच्ने बेला आयो कि छैन ?

होइन, यो सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको भएकोले उसले पठाएको व्यक्तिको विषयमा त पक्कै पनि गम्भीर छलफल गर्नुपर्छ । व्यक्ति बालेनको विरोध गरेर केही पनि अर्थ छैन । यो त पार्टीमाथिकै प्रश्न पनि हो । रास्वपाले नै यसलाई समाधान गर्नुपर्छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ५ : २४ बजे

अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराएको निलो ‘लक्की’ जर्सीमै विश्वकप सेमिफाइनल खेल्ने

काठमाडौं- अर्जेन्टिनाले २०२६ फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध निलो (अवे) जर्सी

पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि

काठमाडौं– काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको अन्त्येष्टि गरिएको

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइन कारोबार गर्ने एक

पति-पत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीनजना पक्राउ

जलेश्वर– स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते

गगनले भने- सरकारकै योजनामा गाडी तेर्स्याइयो 

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक