संयोग मात्रै होइन, ट्रोल नेपालमार्फत् कुमार बेनको स्टाटस र कान्तिपुरको गेटमा रास्वपा नेताकै गाडी « Khabarhub

संयोग मात्रै होइन, ट्रोल नेपालमार्फत् कुमार बेनको स्टाटस र कान्तिपुरको गेटमा रास्वपा नेताकै गाडी


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राहदानी विभागअगाडि गणेश नेपालीको आत्मदाह प्रकरणलाई मोड्न सरकारले नै आपत्तिजनक गतिविधि गर्न थालेको प्रमाण भेटिन थालेका छन् ।

आइतबार न्यूरोड क्षेत्र अस्व्यस्त पारिएको भोलिपल्टै सोमबार सिंहदरबारभित्रकै योजनामा व्यवसायिक प्रतिष्ठान, मिडिया हाउस र दलका नेताको घरअगाडि शंकास्पद अवस्थामा गाडी छाडिएको हो ।

सरकारकै मान्छेले यो हर्क गरेको पुष्टि हुने आधार पनि भेटिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित घरअगाडि गाडी छाड्दा स्थानीयले अपत्यारिलो दृश्य देखेका छन् ।

गगनको घरलाई अवरोध गर्ने गरी गाडी पार्किङ गरिदिएर त्यसका चालक नेपाल प्रहरीको भ्यानमा चढेर गायब भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

उता प्रधानमन्त्री वालेन्द्र शाहका मुख्य सहयोगी एवम् सरकारका हर्ताकर्ता कुमार बेन एड्मिन रहेको ट्रोल नेपालमा एउटा हाँस्यास्पद स्टाटस् नै सोमबार अपराह्न आएको छ ।

बेन नै मुख्य सञ्चालक र संस्थापक रहेको ट्रोल नेपाल लेख्छ, ‘राज्यले नोक पार्किङ जोन भनिएको ठाउँमा गाडी उठाउँदा र फाइन काट्दा ज्यादती भयो भन्ने मिडियाहरूलाई ५/६ घण्टामै विज्ञप्ति निकाल्न पर्ने भएछ ।’

बेन सञ्चालक रहेको यो फेसबुक पोस्टले हिजो न्यूरोड र आज मिडिया हाउस अस्तव्यस्त बनाउने काममा सरकारी संयन्त्र नै सक्रिय रहेको कुरालाई थप पुष्टि गरेको छ। बेनले सरकारी जिम्मेवारीमा रहेकाले उक्त पेज अरूलाई हस्तान्तरण गरेको बताएका छन् । तर उक्त पेजको संस्थापक र मुख्य सञ्चालक उनै हुन् ।

त्यस्तै तीनकुनेस्थित कान्तिपुर मिडिया हाउसअगाडि शंकास्पद रुपमा पार्किङ गरिएको करोडौंको कार रास्वपाकै नेताको रहेको खुलेको छ।

बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटको गरूडा नगरपालिकाका मेयर कन्थमणि जयसवाललका कान्छा छोरा रविको खुलेको छ।

उनी गत जेठ ८ गते तत्कालीन महामन्त्री भूपदेव शाहबाट रास्वपा केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य पदमा मनोनित भएका थिए । भूपदेव र रवि दुवैजना बालेनका भित्रिया हुन् ।

सोमबार बिहानैदेखि तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबर मिडिया हाउसबाहिर ती गाडी तेर्स्याइएको थियो ।

अनामनगरको भाटभटेनी सुपरमार्केट र रातोपुलस्थित नेपाली कांग्रेस सभापति थापाको निवासअगाडि पनि गाडी तेर्स्याइएको थियो । तर त्यसरी तेर्स्याइएका गाडी हटाउन खबर गर्दा पनि घण्टौँसम्म न प्रहरी पुगे न ट्राफिक प्रहरी नै पुगे ।

सञ्चारगृह बाहिर शंकास्पद पार्किङ गरिएका सवारी साधन भेटिएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

महासंघकी अध्यक्ष निर्मला शर्माले उक्त कुरामा गम्भीर आपत्ति जनाएकी छन् । महासंघसमेत सक्रिय भएपछि दिउँसो मात्रै ती गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ५ : १५ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको