पति-पत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीनजना पक्राउ « Khabarhub

पति-पत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीनजना पक्राउ


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पतिपत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक र गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए । 

पक्राउ परेका तीन जनासहितको डाँका समूहले स्थानीय रामविश्वास यादवको घरमा सुतिरहेका उनकी छोरी किरण यादवलाई खुट्टामा दुई गोली र ज्वाइँ ईश्वरनारायण यादवलाई दाहिने हातमा एक गोली हानी घाइते बनाएको थियो । 

घाइते यादव दम्पतीको स्वास्थ्य अवस्था अहिले सामान्य छ । जिल्ला प्रहरी कार्यालयले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । यस घटनामा संलग्न अन्य फरार अभियुक्तको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : ०३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल