अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराएको निलो ‘लक्की’ जर्सीमै विश्वकप सेमिफाइनल खेल्ने « Khabarhub

अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराएको निलो ‘लक्की’ जर्सीमै विश्वकप सेमिफाइनल खेल्ने


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जेन्टिनाले २०२६ फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध निलो (अवे) जर्सी लगाएर खेल्ने भएको छ।

अर्जेन्टिनाको विशेष अनुरोधलाई फिफाले स्वीकृति दिएपछि टोलीले ऐतिहासिक सम्झनासँग जोडिएको जर्सी लगाउने अवसर पाएको हो।

यससँगै अर्जेन्टिनाले सन् १९८६ र १९९८ को विश्वकपमा इङ्ग्ल्यान्डलाई पराजित गर्दा लगाएको जस्तै निलो जर्सी फेरि प्रयोग गर्ने भएको छ।

अर्जेन्टिनाले कतारमा भएको २०२२ विश्वकपको फाइनल भने आफ्नो परम्परागत निलो-सेतो होम जर्सीमा जितेको थियो। तर इङ्ग्ल्यान्डविरुद्ध सन् १९६६ र २००२ का विश्वकप खेलमा यही होम जर्सी लगाउँदा टोली पराजित भएको थियो।

अर्जेन्टिनी सञ्चारमाध्यम टीएनका अनुसार फिफाको स्वीकृतिपछि विश्वविजेता टोलीका समर्थकहरू उत्साहित भएका छन्।

अर्जेन्टिनाले २०२६ विश्वकपमा हालसम्म गाढा निलो अवे जर्सी एकपटक मात्रै प्रयोग गरेको थियो, जहाँ समूह चरणमा जोर्डनलाई पराजित गरेको थियो।

फिफाले सेमिफाइनलका लागि जर्सीको रंग पनि पुष्टि गरेको छ। अर्जेन्टिनाले निलो जर्सी लगाउने भने इङ्ग्ल्यान्डले पूरै सेतो (अल ह्वाइट) पोशाकमा मैदान उत्रिनेछ।

इङ्ग्ल्यान्डले यसअघि क्वार्टरफाइनलमा नर्वेविरुद्ध र राउन्ड अफ ३२ मा डीआर कङ्गोविरुद्ध पनि सेतो जर्सी र सेतो सर्ट्स लगाएको थियो।

राउन्ड अफ १६ मा आयोजक मेक्सिकोसँगको खेलमा भने रंग नमिल्ने भएकाले सेतो जर्सीसँग निलो सर्ट्स प्रयोग गरेको थियो।

सन् १९९८ को विश्वकपमा अर्जेन्टिनासँगको नकआउट भेटमा पनि इङ्ग्ल्यान्डले पूरै सेतो पोशाक लगाएको थियो। त्यो खेल निर्धारित र अतिरिक्त समयसम्म २-२ को बराबरीमा सकिएपछि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा जित निकालेको थियो।

टीएनले अर्जेन्टिनी समर्थकहरूले जोड दिएका केही रोचक संयोग पनि उल्लेख गरेको छ। सन् १९८६ र १९९८ मा अर्जेन्टिनाले समूह चरणमा अपराजित रहँदै इङ्ग्ल्यान्डसँग सेमिफाइनलअघि पुगेको थियो। २०२६ मा पनि टोली समूह चरणमा अपराजित रह्यो, जबकि १९६६ मा भने यस्तो भएको थिएन।

यस्तै, १९८६ र १९९८ दुवै विश्वकपमा इङ्ग्ल्यान्डसँग खेल्नुअघि अर्जेन्टिनाका एक डिफेन्डरले गोल गरेका थिए। यसपटक पनि नकआउट चरणमा लिसान्द्रो मार्टिनेज र क्रिस्टियन रोमेरोले गोल गरेका छन्।

उता, इङ्ग्ल्यान्डले १९६६ मा अर्जेन्टिनाविरुद्ध सेतो पोशाक लगाएको थियो भने २००२ मा डेभिड बेकह्यामको पेनाल्टी गोलमा जित निकाल्दा रातो जर्सी लगाएको थियो।

प्रशिक्षक थोमस टुखेलको टोलीले २०२६ विश्वकपमा रातो जर्सी हालसम्म एकपटक मात्रै प्रयोग गरेको छ, जहाँ समूह चरणमा पानामालाई पराजित गरेको थियो।

यसैबीच, फिफाले पहिलो सेमिफाइनलका लागि पनि जर्सीको रंग सार्वजनिक गरेको छ। फ्रान्सले निलो जर्सी र सेतो सर्ट्समा खेल्नेछ भने स्पेनले सेतो जर्सी र रातो सर्ट्स लगाएर मैदान उत्रिनेछ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : ३१ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग