बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण « Khabarhub

बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको सबैभन्दा विकट पालिका मानिन्छ तमानखोला गाउँपालिका । यहाँ एक गाउँदेखि अर्को गाउँ पुग्न थुप्रै पहाड र खोला पार गर्नुपर्छ । हिउँदको समयमा जसोतसो आवतजावत गरे पनि बर्खाको समयमा कठिन हुन्छ ।

गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा कार्यालय पुग्न घण्टौँ लाग्छ । बर्खाको समयमा विभिन्न खोलाहरूमा पुल नबन्दा नागरिकले सास्ती खेप्दै आएका छन् ।

गाउँपालिकाले बाह्रै महिना सवारीसधान सञ्चालन गर्नका लागि लाखौँ रुपैयाँ खर्च गरेर ठाउँठाउँमा पुल तथा कल्भर्ट निर्माण गरे पनि अझै धेरै स्थानमा बनाउन बाँकी छ । पालिकाले यसवर्ष मात्रै छ वटा खोलामा कल्र्भट र पक्की पुल निर्माण गरेको छ । तर अझै पनि वडा नम्बर ३, ४ र ६ वडामा बर्खामा पालिका केन्द्रबाट सिधा यातायात सञ्चालन हुँदैनन् ।

 एक करोड ७० लाख खर्चे घट्टबोघाट, सिङ्खोलाघाट, नुनथला घाट, पात्लेखोलामा दुई वटा र सेर्माघाटमा एउटा पुल निर्माण गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए । पालिकाका छ वटै वडामा बाह्रै महिना यातायात संचालनका लागि अझै पाँच स्थानमा पुल निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ । 

अध्यक्ष बुढामगरका अनुसार चालु आर्थिक वर्षमा पुल बनेपछि वडा नम्बर ५ खुङ्खानीमा बाह्रै महिना सवारीसाधान चल्न सक्ने भएको छ । वडा नम्बर ६ को नर्जाखानी पुग्न बागमानघाट, वडा नम्बर ३ को तमान र वडा नम्बर ४ को लाम्मेला पुग्न धोमैघाट पुल बनाउनुपर्ने अध्यक्ष बुढामगरले बताए। 
    
तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रबहादुर छन्त्यालले पालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा कार्यालयसम्म आउनका लागि छ स्थानमा पुल तर्नुपर्ने बताए। 
    
अहिलेसम्म छ वटामध्ये हालसम्म पाँच स्थानमा पुल तथा कल्भर्ट बनेको भन्दै अब बागमानघाटमा पुल बन्यो भने बाह्रै महिना सहज रुपमा पालिका पुग्न सकिने उनले बताए।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : ३६ बजे

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई