सञ्चार गृहअगाडि शंकास्पद गाडीबारे महासचिव पोखरेलको टिप्पणी, ‘विनाशकाले विपरीत बुद्धि’ « Khabarhub

सञ्चार गृहअगाडि शंकास्पद गाडीबारे महासचिव पोखरेलको टिप्पणी, ‘विनाशकाले विपरीत बुद्धि’


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरुद्ध हुने गरी शंकास्पद ढंगले गाडी पार्किङ गरिएको घटनाप्रति कडा टिप्पणी गरेका छन्।

उनले यसलाई सञ्चार माध्यम र समाजलाई भयभित बनाउने सरकारको बचकना प्रयास भएको बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै सरकारका मान्छेको यो कदमलाई ‘विनाशकाले विपरीत बुद्धि’को संज्ञा दिएका छन्।

उनले सञ्चार प्रतिष्ठानको बाटो छेक्ने गरी गरिएको पार्किङले स्वतन्त्र सञ्चारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको उल्लेख गरेका छन्।

पोखरेलले यस्तो गतिविधिले सञ्चार माध्यम र समाजलाई त्रसित बनाउने उद्देश्य बोकेको देखिएको बताएका छन्।

यस्ता बचकना हर्कतले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउन नसक्ने धारणा उनले राखेका छन्।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : ४० बजे

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र