सञ्चार गृहअगाडि शंकास्पद गाडीबारे महासचिव पोखरेलको टिप्पणी, ‘विनाशकाले विपरीत बुद्धि’ « Khabarhub

सञ्चार गृहअगाडि शंकास्पद गाडीबारे महासचिव पोखरेलको टिप्पणी, ‘विनाशकाले विपरीत बुद्धि’


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरुद्ध हुने गरी शंकास्पद ढंगले गाडी पार्किङ गरिएको घटनाप्रति कडा टिप्पणी गरेका छन्।

उनले यसलाई सञ्चार माध्यम र समाजलाई भयभित बनाउने सरकारको बचकना प्रयास भएको बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै सरकारका मान्छेको यो कदमलाई ‘विनाशकाले विपरीत बुद्धि’को संज्ञा दिएका छन्।

उनले सञ्चार प्रतिष्ठानको बाटो छेक्ने गरी गरिएको पार्किङले स्वतन्त्र सञ्चारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको उल्लेख गरेका छन्।

पोखरेलले यस्तो गतिविधिले सञ्चार माध्यम र समाजलाई त्रसित बनाउने उद्देश्य बोकेको देखिएको बताएका छन्।

यस्ता बचकना हर्कतले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउन नसक्ने धारणा उनले राखेका छन्।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : ४० बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य