सिंहदरबारभित्रै गाडी पार्किङ ‘आतंक’को षड्यन्त्र बुनिएको आशंका ! « Khabarhub

सिंहदरबारभित्रै गाडी पार्किङ ‘आतंक’को षड्यन्त्र बुनिएको आशंका !


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार केही सञ्चारमाध्यमको प्रवेशद्वार, कतिपय सार्वजनिक स्थान र नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि रहस्यमय ढंगले सवारी साधन पार्किङ गरेर चालकहरू त्यहाँबाट फरार भए ।

सोमबार साँझसम्म अनलाइनखबरअगाडि सवारी साधन पार्किङ गर्ने सुनिल पौडेलको भाइ सुजन पौडेल भएको खुलेको छ । बाँकी अन्य मिडिया र सार्वजनिक स्थानमा सवारी साधनको जथाभावी पार्किङ भएका केही सवारी साधनको मालिकको पहिचान भएपनि पार्किङ गर्ने को हुन् भन्ने खुलिसकेको छैन ।

तर, केही दृश्य, केही फेसबुक पेज र केही व्यक्तिले लेखेको स्टाटसका आधारमा विश्लेषण गर्दा यो काम कतै सिंहदरबारबाटै डिजाइन गरेर नै भएको त होइन ? भन्ने आशंका पैदा भएको छ ।

नेपाली कांग्रेसका नेता गगन थापाको घर अगाडि सवारी साधन पार्किङ गरेको व्यक्ति नेपाल प्रहरीले प्रयोग गर्ने भ्यानमा चढेर गएको प्रत्यक्षदर्शीले बताएका छन् । जसले सो काममा प्रहरीको पनि सहभागिता थियो कि भन्ने आशंका पैदा गरेको छ ।

त्यस्तै, प्रधानमन्त्री बालेन शाह निकटका व्यक्ति तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मधुसुधन ढकालले फेसबुकमा स्टाटस लेखेर ‘अव्यवस्थित पार्किङले कति गाह्रो पर्न सक्छ भनेर सांकेतिक जानकारी दिएको पनि हुनसक्ने र जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा अरुलाई कति अप्ठेरो पर्छ भनेर थाहा दिएको हुनसक्ने’ टिप्पणी गरेका छन् ।

ढकालको भनाइले पनि रास्वपा अथवा सरकारका कुनै अवयव नै सो कार्यमा सहभागी भएको हुनसक्ने अर्को आशंका पैदा गरेको छ । साथै, प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहका कुमार बेनले ह्यान्डल गर्दै आएको फेसबुक पेज ‘ट्रोल नेपाल’मा पनि घटनाप्रति कटाक्ष व्यक्त गर्दै ‘राज्यले नो पार्किङ जोन भनेको ठाउँमा पार्किङ गरेको गाडी उठाउँदा वा फाइन काट्दा ज्यादती भयो भन्ने मिडियाहरूले ५/६ घण्टामै आफूहरूलाई विज्ञप्ति निकाल्नुपर्ने भएछ’ भनेर लेखिएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारकै फेसबुक पेजमा लेखिएको कटाक्षपूर्ण स्टाटसले पनि कतै सिंहदरबारबाट नै सोमबार विभिन्न ठाउँमा भद्रगोल पार्किङ गर्ने योजना बुनिएको त होइन भन्ने आशंका पैदा गराएको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ७ : ०५ बजे

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह