सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ « Khabarhub

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह र सार्वजनिक स्थानबाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सोमबार बिहान तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबरको कार्यालयबाहिर सवारीसाधन तेर्स्याइएको घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले यस्ता गतिविधिले गम्भीर सुरक्षा चुनौती निम्त्याउने चेतावनी दिएका हुन्।

उनले अनामनगरस्थित भाटभटेनी सुपरमार्केट र रातोपुलस्थित नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद रूपमा गाडी राखिएको घटनाको उल्लेख गर्दै यस्तो प्रवृत्ति झन् खतरनाक हुन सक्ने बताएका छन्।

‘होइन होला ! आज गेटै छेक्ने गरी गाडी राख्न लगाए, भोलि घर–घर अगाडि विस्फोटक पदार्थ राख्न लगाए भने के हुने हो?’ भन्दै उनले प्रश्न गरेका छन्।

राउतले आफ्नो पोस्टमा प्रगतिशील कवि फैज अहमद फैजको चर्चित कविता ‘हम देखेंगे’ का केही अंशसमेत उद्धृत गरेका छन्।

विभिन्न सञ्चारगृह, राजनीतिक नेताको निवास र सार्वजनिक स्थानबाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनापछि यसको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग चौतर्फी माग भइरहेको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ७ : २४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल