सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ « Khabarhub

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह र सार्वजनिक स्थानबाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सोमबार बिहान तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबरको कार्यालयबाहिर सवारीसाधन तेर्स्याइएको घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले यस्ता गतिविधिले गम्भीर सुरक्षा चुनौती निम्त्याउने चेतावनी दिएका हुन्।

उनले अनामनगरस्थित भाटभटेनी सुपरमार्केट र रातोपुलस्थित नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद रूपमा गाडी राखिएको घटनाको उल्लेख गर्दै यस्तो प्रवृत्ति झन् खतरनाक हुन सक्ने बताएका छन्।

‘होइन होला ! आज गेटै छेक्ने गरी गाडी राख्न लगाए, भोलि घर–घर अगाडि विस्फोटक पदार्थ राख्न लगाए भने के हुने हो?’ भन्दै उनले प्रश्न गरेका छन्।

राउतले आफ्नो पोस्टमा प्रगतिशील कवि फैज अहमद फैजको चर्चित कविता ‘हम देखेंगे’ का केही अंशसमेत उद्धृत गरेका छन्।

विभिन्न सञ्चारगृह, राजनीतिक नेताको निवास र सार्वजनिक स्थानबाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनापछि यसको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग चौतर्फी माग भइरहेको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ७ : २४ बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको