रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी « Khabarhub

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित दोहोरो उपयोग (डुअल–युज) प्रविधि र उपकरण खरिदको केन्द्रका रूपमा प्रयोग गरिरहेको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको खुलासापछि जापानले विदेशी जासुसी गतिविधिविरुद्ध थप कडा कदम चाल्ने संकेत दिएको छ।

सरकारका प्रमुख प्रवक्ता मिनोरु किहाराले सोमबार बदलिँदो सुरक्षा परिवेशमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना हासिल गर्ने विदेशी गुप्तचर गतिविधि बढ्दो चुनौती बन्दै गएको बताए। उनले त्यस्ता गतिविधिको प्रभावकारी प्रतिरोध गर्न आवश्यक रहेको उल्लेख गर्दै सरकारले यस विषयलाई गम्भीर रूपमा लिएको स्पष्ट पारे। यद्यपि, उहाँले द न्यूयोर्क टाइम्स को प्रतिवेदनबारे प्रत्यक्ष टिप्पणी गरेनन्।

आइतबार प्रकाशित अनुसन्धानात्मक प्रतिवेदनमा जापानका कमजोर जासुसीसम्बन्धी कानूनी व्यवस्थाको फाइदा उठाउँदै रुसले त्यहाँबाट गुप्तचर सूचना संकलन गर्नुका साथै युक्रेन युद्धमा प्रयोग हुने डुअल–युज प्रविधि र उपकरण खरिद गरिरहेको दाबी गरिएको छ।

प्रतिवेदनअनुसार रुसमाथि लगाइएका निर्यात प्रतिबन्धका कारण आवश्यक सामग्री जापानबाट मध्यस्थ कम्पनीमार्फत भियतनाम, उज्बेकिस्तान र श्रीलंकालगायत तेस्रो मुलुक हुँदै रुस पुर्‍याइने गरिएको उल्लेख छ। साथै, टोकियोस्थित रुसी राष्ट्रिय विमान सेवा एरोफ्लोटको कार्यालयबाट गोप्य रूपमा सञ्चालन हुने गुप्तचर सञ्जालको पनि प्रतिवेदनमा चर्चा गरिएको छ।

युक्रेनी पक्षको अनुमानअनुसार हाल प्रयोग भइरहेका रुसी क्षेप्यास्त्र र ड्रोनमा प्रयोग भएका करिब ९० प्रतिशत जापानी कम्पोनेन्ट रहेका छन्।

यसैबीच, प्रवक्ता किहाराले जापानको संसद्ले यस वर्ष विभिन्न सरकारी निकायमा छरिएर रहेका गुप्तचर गतिविधिको समन्वय गर्न नयाँ राष्ट्रिय निकाय गठन गर्ने कानून पारित गरिसकेको जानकारी दिए। उनका अनुसार उक्त संयन्त्रले विदेशी जासुसी गतिविधिको निगरानी र प्रतिरोधलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ७ : २९ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको