एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण « Khabarhub

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना हुँदैछ । हरेक चार वर्षमा आयोजना हुने यस प्रतियोगिता एसियाली खेलाडीका लागि ठूलो खेल महोत्सव हो ।

प्रतियोगिता केवल एउटा प्रतियोगिता नभई खेलाडीको वर्षौंको मिहिनेत र सङ्घर्षलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गर्ने अवसर बन्ने गरेको छ । प्रतियोगितामा नेपालबाट क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष रानामगरले बलियो चुनौती पेस गर्दै छन्।

‘कायक स्लालोम’ र ‘कायक क्रस’ विधामा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका दुवै खेलाडी एक महिनादेखि पोखराको फेवातालमा प्रशिक्षण गरिरहेका छन् । नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ सङ्घका प्रमुख प्रशिक्षक निमबहादुर मगरले खेलाडीलाई अभ्यास गराइरहेका छन् । 

विजयले लामो समयदेखि तमोर नदीमा र्‍याफ्टिङ गाइडका रूपमा काम गरे। तमोर नदीको तीव्र बहाव, जोखिमपूर्ण जलयात्रा र कठिन परिस्थितिमा पर्यटकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने क्रममा हासिल गरेको अनुभवले उनलाई अहिले एसियाली खेलकुदसम्म डोहोर्‍याएको छ । 

गाइडका रूपमा सिकेको अनुभव र सीपलाई खेलकुदमा रूपान्तरण गर्दै विजय अहिले नेपालको प्रतिनिधित्व गर्दै छन्। ‘तमोर नदीमा पर्यटकलाई सुरक्षित रूपमा नदी पार गराउने जिम्मेवारीबाट म अहिले एसियाकै ठूलो प्रतियोगितामा सहभागी हुँदैछु । र्‍याफ्टिङ गाइडका रूपमा नदीसँग गरेको अभ्यासले क्यानोइङमा धेरै सहयोग गरेको छ’, विजयले भने।

विजयसँगै आशिष रानामगरले पनि नेपाली टोलीमा स्थान बनाएका छन्। दुवै खेलाडीले कायक स्लालम र कायक क्रस विधामा प्रतिस्पर्धा गर्ने प्रशिक्षक मगरले बताए। उनका अनुसार प्रतियोगितालाई लक्षित गर्दै खेलाडीको प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमतामा विशेष ध्यान दिइएको छ । फेवाताल तथा आसपासका क्षेत्रमा नियमित प्रशिक्षणसँगै खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको वातावरणअनुसार तयार पार्ने काम भइरहेको मगरले बताए। 

उनले भने, ‘एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई प्राविधिक र शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि तयार पार्न आवश्यक हुन्छ । सोहीअनुसार प्रशिक्षणलाई अगाडि बढाइरहेका छौँ ।’

फेवातालमा हुने नियमित प्रशिक्षणले पोखरालाई क्यानोइङ खेलाडी उत्पादन र प्रशिक्षणको सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गरेको मगरले बताए। नेपालका नदी तथा ताल मनोरञ्जन र पर्यटनका आकर्षणमात्र नभई अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने प्राकृतिक प्रशिक्षणस्थल बन्न सक्ने प्रशिक्षक मगरले बताए। एसियन गेम्समा नेपालले विभिन्न २२ खेलमा सहभागिता जनाउनेछ । 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : ०१ बजे

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका