म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु « Khabarhub

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै पहिलो पटक विद्युतीय माध्यमबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ । 

सङ्घीय सरकारले अघि सारेको शासकीय सुधारका कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार मातहत खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय डिजिटल प्रविधिलाई कार्यान्वयनमा ल्याउने यो कार्यालय पहिलो बनेको हो । 

कार्यालयको प्रशासनिक कार्यसम्पादनमा गुणात्मक सुधार, कागजी प्रक्रियामा कमी ल्याउने, अभिलेख व्यवस्थापन थप सुरक्षित र व्यवस्थित हुने, कार्य सम्पादनको अनुगमन तथा जवाफदेहिता अभिवृद्धि हुने तथा सेवा प्रवाहलाई थप छिटो, सरल र प्रभावकारी बनाउन सहयोग पुगेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले बताए। 

‘तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायतका कार्यहरू डिजिटल प्रविधिबाट मार्फत थालिएको छ,’ उनले भने, ‘यो प्रणाली लागू गरेपछि कार्यालयको कामकाजलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी हुने विश्वास लिएका छौ ।’

एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु गर्नुअघि यही साउन दोस्रो हप्ता गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले कर्मचारीलाई प्रशिक्षण दिएको थियो । 

मन्त्रालयले अबको दुई महिनाभित्र प्रदेशका ११ वटै कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख उपसचिव लक्ष्मीभद्र वाग्लेले बताए। 
 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : ०५ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत