प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा « Khabarhub

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराएको छ ।

नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार–सितलपाटी २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत डिभिजन वन कार्यालयलाई सट्टाभर्ना जग्गा उपलब्ध गराएको हो । 

प्रसारण लाइन तथा टावर निर्माणका लागि प्रयोग गरिएको राष्ट्रिय वन क्षेत्रको क्षतिपूर्तिस्वरूप आयोजनाले जग्गा खरिद गरी सरकारको नाममा हस्तान्तरण गरेको छ। 

प्राधिकरणको २८.४८ हेक्टर सट्टाभर्ना जग्गा उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अधिकारी डम्बर भण्डारीले जानकारी दिए । आयोजनाले  खाँदबारी नगरपालिका–९, ८, २ र १० मा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गरेको थियो । 

आयोजनाले पाँचखपन नगरपालिका–४ मा रहेका ७१ वटा कित्ता जग्गा खरिद गरेर हस्तान्तरण गरेको सूचना अधिकारी भण्डारीले बताए। आयोजनाले ७१ वटा कित्ताको जग्गा रजिस्ट्रेसन पास गरेर डिभिजन वन कार्यालयलाई केही दिनअघि हस्तान्तरण गरेको हो । 

त्यसैगरी, मकालु गाउँपालिका–५ मा निर्माण हुन लागेको २४.९२ मेगावाट क्षमताको इन्दुवाखोला जलविद्युत् आयोजनाले रुख कटानबापत दुई करोड ५२ लाख २५ राजस्व तिरेको छ । मकालु–५ मा निर्माण हुनलागेको आयोजनाले स्याहार, सम्भार र व्यवस्थापनका लागि दुई करोड बढी राजस्व तिरेको वन कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिए । 

सो आयोजनामा ६०७ वटा रूख कटान हुनेछन् । जिल्लामा सामुदायिक वनको सङ्ख्या २९० छन् । सङ्खुवासभामा ३८ हजार ४८५ वर्ग किलोमिटर क्षेत्र वनले ओगटेको छ । 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : ३३ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत