खनिज क्षेत्रको राजस्व संकलन खस्कियो « Khabarhub

खनिज क्षेत्रको राजस्व संकलन खस्कियो


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत संकलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब ७० करोडले कमी आएको जनाएको छ ।

विभागले आर्थिक वर्ष २०८१-८२ मा रु एक अर्ब ५९ करोड राजस्व संकलन गरेकामा आर्थिक वर्ष २०८२-८३ मा ८९ करोड ४८ लाख मात्र संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विभागको राजस्व संकलन करिब ४४ प्रतिशतले घटेको देखिन्छ ।

विभागका प्रवक्ता एवं उपमहानिर्देशक गणेशनाथ त्रिपाठीका अनुसार खानी खोज तथा उत्खनन अनुमतिपत्र वितरण, इजाजत नवीकरण, भूबहाल, नक्सा तथा प्रतिवेदन शुल्कलगायतबाट विभागले राजस्व संकलन गर्दै आएको छ ।

उनका अनुसार देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत खनिजजन्य वस्तुको उत्खननका लागि विभागले अनुमति प्रदान गर्दै आएको छ ।

स्वदेशमा रहेका खनिज सम्पदाको अन्वेषणमार्फत खनिजजन्य उद्योगको विकास गर्ने उद्देश्यले विभागले टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिंक, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामालगायत खानीका लागि अनुमति दिएको छ ।

विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियमसम्बन्धी आर्थिक अध्ययन तथा प्रवर्द्धन, धातु तथा अधातु खनिज अन्वेषण, खानी ड्रिलिङ, इन्जिनियरिङ भौगर्भिक अध्ययन र भूकम्प मापनलगायतका काम गर्दै आएको छ ।
 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ९ : १६ बजे

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका